७ बैशाख २०८१, शुक्रबार

सगरमाथामा संसारकै हेर्न लायक शौचालय


toilet-in-sagarmatha

८ वैशाख, काठमाडौं । शौचालय भन्नेबित्तिकै तपाईंले नाक खुम्च्याउनु हुँदो हो । तर यात्रा साहित्य प्रकाशा गर्ने लोनली प्लानेटले भने संसारका हेर्न लायक शौचालयको सूची प्रकाशन गरेको छ ।

जुन सुचीमा नेपालको शौचालय आश्चर्यजनक रुपमा सुन्दर भएको टिप्पणीसमेत गरिएको अाजको नागरिक दैनिकमा समाचार छ ।

सगरमाथा क्षेत्रमामा रहेको उक्त शौचालय समुद्र सतहभन्दा ६ हजार ८ सय १२ मिटरको उचाइमा रहेको छ । यो शौचालय यहाँ भएको सुविधाका कारण भने सूचीमा राखिएको भने होइन ।

संसारकै सबैभन्दा सुन्दर ठाँउमा ढंग नपुर्‍याइ बनाइएको यो शौचालय अनकन्टार टाँउमा राम्रो उपहार भएको टिप्पणीकर्ताको भनाई छ ।

‘ट्वाइलेटः अ स्पोटर्स गाइड’ पुस्तकमा नेपालबाहेक भारत, तान्जानिया, बेलायत लन्डन लगायतका विश्वका एक सय देशका आनौठा पाइखाना समेटिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !