५ जेष्ठ २०८१, शनिबार

न्यूनतम एक डिग्री तापक्रमा घट्दै वर्षकै बढी चिसो महसुस


चिसोवाट बच्ने घरेलु उपायहरु

२० पुस, काठमाण्डौ । काठमाण्डौको न्यूनतम तापक्रम एक डिग्रीमा झरेसँगै बिहीबार यस वर्षकै बढी चिसो महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले काठमाडौँको आजको न्यूनतम तापक्रम १ दशमलव ५ डिग्रीसेल्सियस रहेको जनाएको छ ।

‘देशैभर चिसो बढेको छ, हिजोभन्दा आज बढी चिसो छ, देशभर अझै चिसो बढ्नेछ’, उनले भने । बिहानैदेखि घाम लागे पनि कठ्यांग्रिँदो जाडोले सर्वसाधारणलाई समस्या भएको छ ।

तराईका अधिकांश क्षेत्रमा आज बाक्लो कुहिरो लागेको छ । अपराह्नदेखि क्रमिक सुधार आउने बताइएको छ । आज सबैभन्दा कम जुम्लामा ऋणात्मक(माइनस) ६ दशमलव ५ र सबैभन्दा बढी विराटनगरमा १० डिग्री सेल्सियस छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !