८ जेष्ठ २०८१, मंगलबार

राष्ट्रपतिद्द्वारा डा.उपेन्द्र देवकोटालाई शिध्र स्वास्थ्य लाभको कामना व्यक्त


bidhyadevi-n-dr-upendra

१० पुस, २०७४ l राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ न्यूरो सर्जन डाक्टर उपेन्द्र देवकोटाको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको छ ।पित्तथैलीमा समस्या देखिएपछि बेलायतको लण्डनमा उपचार गराइरहेका डाक्टर देवकोटालाई सोमबार अपराह्न टेलिफोन गरी उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

डाक्टर देवकोटाले आफ्नो पित्तथैलीमा समस्या देखिएको र अहिले स्वास्थ्यमा सुधार भइरहेको जानकारी राष्ट्रपतिलाई दिनुभएको बताइएको छ । प्रमुख स्वकीय सचिव अधिकारीका अनुसार राष्ट्रपति भण्डारीले शनिबार पनि लण्डनस्थित नेपाली राजदूतावासमार्फत डा देवकोटाको स्वास्थ्यबारे जानकारी लिनुभएको थियो ।

नेपालका उत्कृष्ट न्यूरो सर्जन ६३ वर्षीय डाक्टर देवकोटाको किग्ङ्स कलेज अस्पतालमा उपचार भइरहेको बताइएको छ । पूर्व स्वास्थ्य मन्त्री समेत रहेका डाक्टर देवकोटाको स्वास्थ्यलाभको कामना गर्दै पशुपति मन्दिरमा दीप प्रज्ज्वलन गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !