रोजगारीका लागि पश्चिमी नाका गडडाचौकी भएर भारत जान लागेका दैलेखका किशोरहरुलाई भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले उद्दार गरी नेपाल फिर्ता पठाएका पछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर परिसरमा
भीमदत्तनगर, ६ वैशाख । रोजगारीका निम्ति भारत हिँडेका दैलेखका २६ किशोर कञ्चनपुरको गड्डाचौकीबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले स्वदेश फिर्ता गरेको छ ।
दुई समूहमा दैलेखका १० वर्षदेखि २० वर्षसम्मका किशोर रोजगारीका लागि जान लागेका बेला एसएसबीले उद्धार गरी सोमबार इलाका प्रहरी कार्यालय गड्डाचौकीको जिम्मा लगाएको हो ।
उद्धार गरिएका किशोर अधिकांश स्कुले विद्यार्थी हुन् । उनीहरू दैलेखको ल्याटीबिन्द्रा र जम्बुकाध गाविसका रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनीहरूलाई दैलेख ल्याटिबिन्द्रा गाविस-६ का कमल रावलले नोकरीका गर्न भनी लिएर हिंडेका थिए ।