, नेपालले महान् मित्र गुमाएको छ : प्रधानमन्त्री ओली

नेपालले महान् मित्र गुमाएको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीद्वारा मुखर्जीको निधनप्रति दु:ख व्यक्त

काठमाडौँ, १५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनले आफू अन्यन्तै दुखित भएको बताएका छन् । उनले आज साँझ ट्विट गर्दै दुःखको यस घडीमा भारत सरकार, भारतीय जनता र शोकसंतप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

पूर्वराष्ट्रपति मुखर्जीको निधनबाट नेपालले एक महान् मित्र गुमाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुखर्जीले विभिन्न ओहदामा रहेर नेपाल-भारत सम्बन्ध सुदृढ गर्न पुर्याएको योगदानको स्मरण पनि गरेका छन् ।