९ मंसिर २०८१, आइतबार

काठमाडौँ उपत्यकामा कार्यरत ३६ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि


कोरोना भाइरस

काठमाडौँ, भदौ ५ । काठमाडौँ उपत्यकामा कार्यरत सशस्त्र प्रहरी बल नेपालका ३६ जनालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरी मुख्यालय स्रोतका अनुसार उनीहरुको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा पीसीआर परीक्षण गरिएको थियो ।

अस्ति बुधबार स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि पठाइएको उनीहरुको आज शुक्रबार आएको रिपोर्टमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको हो । भक्तपुरको दुवाकोटस्थित नम्बर-११ गुह्वेश्वरी गणमा कार्यरत २० जनामा र कीर्तिपुरस्थित नम्बर-१८ निलबाराही गणमा कार्यरत १६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

योसँगै सशस्त्र प्रहरी बलका ३७८ जनामा कोरोना पुष्टि भएको छ । यसमध्ये १५४ जनाले कोरोना जितेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !