३ आश्विन २०८१, बिहीबार

इजिप्ट एयरको विमान अपहरण


Egyptair

इजिप्ट एयरको एउटा विमान अपहरणमा परेको छ। इजिप्टको सहर अलेक्जान्ड्रियाबाट उडेको सो विमान अपहरणपछि साइप्रसको लार्नाकामा अवतरण गरेको छ।
अपहरण कसले र किन गरेको हो खुल्न सकेको छैन।

Update:
इजिप्टको सहर अलेक्जान्ड्रियाबाट राजधानी कायरोका लागि उडेको इजिप्ट एयरको विमान अपहरणमा संगलग्न पक्राउ परेका छन्। साइप्रसका विदेश मन्त्रालयका एक अधिकारीले अपहरणकारी पक्राउ परेको पुष्टि गरेका छन्। तर ति अधिकारीले थप कुरा खुलाएका छैनन् ।
अपहरण गर्ने व्याक्ति पक्राउ परेसँग अपहरण संकट सकिएको अधिकारीहरुले बताएका छन्। इजिप्ट एयरको फ्लाइट एमएस १८१ को अपहरण भएको थियो। साइप्रसको लार्नाका विमानस्थलमा फोर्स ल्यान्ड गराएर यात्रुलाई मुक्त गरिएपछि सो विमान अपहरण केवल पूर्व पत्नी फिर्ता पाउन माग गर्दै भएको रहस्य खुलेको थियो।
अपहरणकारी इब्राहिम समाहा भएको साइप्रसका सुरक्षा अधिकारीले पुष्टि गरेका छन्। इजिप्ट बस्दै आएका उनले विमानलाई सुरुमा इस्तानबुल लान खोजेका थिए। चालकले जहाजमा इन्धन सकिएको जनाउँ दिए। त्यसपछि उनले साइप्रसको लार्नाका जान चालकलाई निर्देशन दिएका थिए। साइप्रसमा उनकी पूर्वपत्नी बस्दै आएको पुष्टि भएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !