प्रदेश प्रमुख कलौनीद्वारा शुभकामना दिंदै आर्थिक समृद्धिमा जोड दिन आग्रह Nepalpatra प्रदेश प्रमुख कलौनीद्वारा शुभकामना दिंदै आर्थिक समृद्धिमा जोड दिन आग्रह
३ कार्तिक २०७८, बुधबार

प्रदेश प्रमुख कलौनीद्वारा शुभकामना दिंदै आर्थिक समृद्धिमा जोड दिन आग्रह


गोविन्दप्रसाद कलौनी

कर्णाली । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सामाजिक न्यायसहितको आर्थिक समृद्धिमा जोड दिनुपर्ने बताएका छन् । सातौँ संविधान तथा राष्ट्रिय दिवस–२०७८ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले अबको कार्यभार सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढ्नु रहेको बताए ।

सन्देश भनिएको छ, “जनताको राजनीतिक अधिकारप्राप्तिको सङ्घर्षको चरण सम्पन्न भइसकेको छ । अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने प्रधान दायित्व हाम्रो काँधमा आएको छ । संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख आर्थिक–सामाजिक प्रणाली विकास गर्न आवश्यक नीतिनिर्माण र कार्यान्वयनका लागि तीनै तहका सरकार तथा अन्य सबै सरोकारवाला पक्षलाई जिम्मेवारीपूर्वक लाग्न अनुरोध गर्दछु ।”

विज्ञप्तिमा संविधानले विविधतायुक्त नेपाली समाजलाई आपसी सद्भाव र सहिष्णुतामा आधारित भएर बृहत् राष्ट्रिय एकताका सूत्रमा आबद्ध गरेको उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !