१३ पुस २०८१, शनिबार

संविधानकाे रक्षा र नागरिक स्वतन्त्रताका लागि आज पनि आन्दाेलनमा हाेमिनु परेकाे छ : नेता पौडेल


रामचन्द्र पौडेल फाइल फोटो

काठमाडौँ । नेपाली काँग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेलले सात दशकको अथक प्रयासबाट निर्मित संविधानसभाबाट प्राप्त संविधानकाे रक्षा र नागरिक स्वतन्त्रताका लागि आज पनि आन्दाेलनमा हाेमिनु परेकाे बताएका छन् । शहीद दिवसको अवसरमा एक सन्देश जारी गर्दै उनले सो कुरा बताएका हुन् ।

साथै उनले मुलुक र जनतालाई राणा शासन (तानाशाह) बाट मुक्त गर्ने आन्दोलनकाे नेतृत्व गरे बापत शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई १९९७ साल माघ १०/१३/१६ गते राणाशाहीद्वारा मृत्युदण्ड दिएपछि राणाहरुको निरंकुशता विरुद्ध उठेको क्रान्तिकाे लहरले नेपालमा प्रजातन्त्र प्राप्त भएको जनाएका छन् ।

१०४ वर्षे शासन अन्त्य भएर लोकतन्त्र प्राप्त हुँदा समेत शहीदहरूले देखाएकाे बाटाेमा हिड्न नसक्दा नेपाली जनताकाे स्वतन्त्रताले अझै स्थायित्व पाउन नसकेकाे उनको धारणा रहेको छ । उनले यिनै महान शहिदहरूकाे बलिदानले मार्गदर्शन गरेको बाटोमा आज पनि हिड्न पर्ने भएको बताएका छन् । सात दशकको अथक प्रयासबाट निर्मित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !