मानिसलाई कोरोना भाइरसले डिप्रेसनमा पुर्याएको छ । सामान्य कुरा हामीले बुझ्न सक्छौं जब हाम्रो क्लिनिकमा कुनै विरामी आउछ त्यति बेला हाम्रो पहिलो सोच हुन्छ उसलाई ज्वरो त आएको छैन । जब हामी थर्मल गन तेर्साउछौ त्यति बेला पेसेन्टको मुटुको धडकन मात्र होइन हाम्रो पनि मुटु धड्किएको हुन्छ ।
यो यथार्थ हो भन्दा खासै फरक छैन । डरले मानिसलाई ठूलो संकटमा धकेलेको हुन्छ । रोगको प्रमुख कारण भनेको मानसिक तनाव हो । आज यो रोग लागेपछि सवैभन्दा ठूलो असर मानव मस्तिष्कमा पर्न जान्छ । यो रोग ठुलो थिएन तर रोगको प्रकार ठूलो बनाइएको हुनाले मानिस धेरै त्रसित भए ।
समयमा औषधि नपाउदा उसको मनमा अब म मर्छु भन्ने डर हर समय समयको हुन्छ । हस्पिटलले गर्ने क्रियाकलापका कारण उनीहरूको मानव मस्तिष्कमा ठूलो झड्का पहिले नै लागी सकेको हुन्छ । रोग ठूलो थिएन तर रोग सर्छ भन्ने डरले पेसेन्ट मात्र होइन डाक्टर पनि रोगी बन्न पुगेको हुन्छ ।
यो रोग लाग्न सक्ने कुनै उमेर समूह नभएपनि पहिल्यै देखिनै दम, मधुमेह, मुटुको रोग जस्ता स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई भने यो भाइरसले गम्भीर बिरामी बनाउने जोखिम हुन्छ।विश्व स्वास्थ्य संगठनले सिफारिस गरे अनुसार यस भाइरसबाट बच्नको लागि बेला-बेलामा साबुन पानीले मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाइजरको प्रयोग गर्ने बानी बसाल्नु पर्दछ ।
श्वासप्रश्वास सम्बन्धी समस्या देखिएमा डाक्टरको परामर्शमा उपचार गर्ने र सर-सफाईमा विशेष ध्यान दिने जस्तै खोक्दा, हाँच्छ्यु गर्दा नाक मुख छोप्ने गर्दा रोग सर्ने सम्भावना कम देखिन्छ । यो रोग सरूवा रोग अन्तर्गत एकबाट अर्कामा सर्ने हुनाले हामी सतर्कता अपनाउन सकेमा हामीलाई यो रोग नलाग्न सक्छ ।
स्वास्थ्य हाम्रो धन हो भने रोग ऋणको थुप्रो हो । यस्तो थुप्रोबाट आफुलाई पनि बचाऔ र अरूलाई पनि बचाउने काममा जुट्न सकेमा आधा समस्या हल हुनेछ । हाम्रो खानामा पौष्टिक खाना समावेश गर्ने काममा सवै जुट्न सक्नुपर्छ । तरकारी बनाउदा बेसार अलि कडा तरिकाले राख्ने गरौं । माछा मासुको तुलनामा हरियो सागसब्जी फलफूल बढी प्रयोग गर्ने बानी बसाल्नु पर्दछ ।
आउनुहोस् आज मैले यसै विषयमा थप जानकारी पस्कनेछु । आमालाई कोरोना पोजेटिभ देखिन्छ तर उनीबाट जन्मेको बच्चालाई कोरोना पोजीटिभ होला भन्ने सोच्नु स्वाभाविक हो । तर त्यो बच्चालाई नेगेटिभ देखिन्छ भने यो रोगले प्रतिरक्षा प्रणाली र इम्युनो सिस्टम बलियो छ भने यो रोग लाग्ने सम्भावना न्युन रहेको यो घटनाले पुष्टि गरेको देखिन्छ ।
कोही सानै उमेरमा जालान त कोही उमेर पुगेर किन नहोस् एकपटक जानुपर्छ । यो जीवन भनेको ठूलो तपस्याले प्राप्त भएको छ । जीवन हो सामान्य रोग लागेर यदि हामी डराउछौं भने यसको असर ठूलो हुन सक्छ । चाहे हामी मान्छेसंग लडौं या रोगसंग लडौं एकै हो । सवैभन्दा ठूलो कुरा हामीले स्वास्थ्यका लागि ध्यान दिने काममा जुट्नुपर्छ ।
रोग ठूलो कुरा होइन रोगको लागि लापरबाही हुनु भएन । तर यो समयमा धैरता र सावधानी अपनाउदै सो विचारले मानसिक चिन्ता नलिकन रोग हो । उपचार गरे निको हुन्छ भन्ने विचार हामीले सोच्यौ भने यो रोगबाट हामी विजय हुन्छौं यसमा दुईमत छैन । स्वास्थ्यमा लापरबाही नगरौं यसले हामीलाई दु:ख दिन सक्छ । यस्ता रोगको उपचार नभएको अवस्थामा आफुलाई बचाउनु सवैभन्दा ठूलो उपचार सावित हुनेछ ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।