१४ बैशाख २०८१, शुक्रबार

योगको महत्व र आवश्यकता


योग
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मानव स्वास्थ्यमा योगको ठूलो महत्व छ । योगविना यो जीवन अधुरो छ । मानिस मात्र यस्तो प्राणी हो जसले योगको महत्व जान्दा-जान्दै पनि योग गरेको हुदैन । योग त्यो प्रक्रिया हो जसद्वारा हाम्रो शरीर, मन र आत्मालाई सकरात्मक तरिकाले एकसाथ समावेश गर्दछ, अध्यात्मको प्राप्तिका लागि एक दोस्रोसँग जोड्दछ ।

आज जतिपनि ठूला-ठूला माहात्मा बनेका छन्, ती सवै योगको माध्यमबाट बनेका छन् । ईश्वरको आराधनादेखि लिएर शरीरलाई स्वस्थ तथा स्फूर्तिवान राख्न तमाम बिमारीहरुको समाधानसम्म, आत्मादेखि लिएर शरीर तथा मस्तिष्कको शुद्धिसम्म, हरेक ठाउँमा योगको आवश्यकता भएको हुन्छ ।

प्राचीन कालमा कलात्मक रुपमा साधाना गर्न तथा ईश्वरको तपस्या गर्न साधु सन्यासीहरु योगको सहारा लिने गर्दथे । हिन्दु संस्कृति तथा धार्मिक मान्यताअनुसार योगमा त्यस्तो शक्ति छ कि यसलाई ब्रम्हाण्डका कुनै पनि शक्तिसँग साँध्न सकिन्छ ।

योगमा साधकका लागि जस्तोसुकै कुरा पनि असम्भव हुँदैन । अहिलेका मान्यताहरुको कुरा गर्दा योग मात्र केही शारीरिक व्यायाममा मात्र सीमित छ । यहाँसम्म कि यति धेरै प्रसिद्ध हुँदा पनि अहिलेसम्म योगको कुनै खास परिभाषा समेत सुनिश्चित गरिएको पाइदैन।

योगको कुरा गर्ने हो भने वैदिक संहिता र वेदहरुमा तपस्वीहरुबारे उल्लेख गरिएको पाइन्छ । योग गर्ने साधकलाई पनि योगी भनिन्छ । योगी शब्द तपस्वीहरुका हकमा पनि प्रयोग हुन्छ । योग मानिसको कुरा छोडौं पशुपन्छीले समेत गर्दछ । मानव स्वास्थ्य ठिक बनाउनको लागि योगको महत्व धेरै छ ।

हामीले जस्तोसुकै काम गर्छौं भने पनि त्यसलाई योगको अंश मान्न सकिन्छ । आफ्नो शक्ति सामर्थ्य अनुसार प्राप्त उठ्ने बित्तिकै हल्का व्यायम गर्नु राम्रो हो यसले शरीरमा भएका सवै अंगलाई क्रियाशील बनाउदछ । स्वस्थ रहन र बाच्न जति खानाको आवश्यक हुन्छ त्यो भन्दा बढी स्वस्थ रहन योगको खाचो हुन्छ ।

योग परम्परागत चिकित्सा पद्धति र जीवनशैली हो । यो वैज्ञानिक र व्यवहारिक छ । त्यसैले आत्म अनुशासन कायम गर्दै स्वस्थ्य र सकारात्मक जीवन बाँच्नका लागि योग आवश्यक छ । योगले हाम्रो अस्थिर मनलाई स्थिर बनाउने काम गर्छ । मानिसका मनमा राम्रा-नराम्रा अनेक वृत्ति, उत्पत्ति र लय उत्पन्न भएका हुन्छन् । त्यसैले मनमा सकारात्मक भावनाको विकास गर्नका लागि पनि योग गर्नुपर्दछ ।

यो पनि पढनुहोस्

स्वास्थ्य रहन अपनाउनुपर्ने केहि उपायहरु

स्वास्थ्यको लागि मुङको दाल खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !