भाद्र २३, २०७४, काठमाडौँ । देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रकी सांसद आशा कोइराला खनाल महिला बालबालिका तथा समाज कल्याण मन्त्री बन्नु भएको छ । सशस्त्र जनयुद्धका बेला तत्कालिन शाही सेनाको गोलीले घाइते, पटक-पटक जेल र हिरासतमा बिताउनु भएकी आशा नेकपा माओवादी केन्द्रभित्र बौद्धिक, जुजारु र सशक्त महिला नेतृका रुपमा चिनिनुहुन्छ । मन्त्री भईसकेपछि महिला, बालबालिका, एकल महिला, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र समाज कल्याणको क्षेत्रलाई समेटेर ३७ बुदे कार्ययोजना प्रस्तुत गर्नु भएको पनि छ । सम्पूर्ण राष्ट्रिय एंव अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाहरु व्यवस्थित गर्न एकद्वार प्रणाली लागू गर्ने र सवै स्थानीय तहहरुमा एउटा महिला तथा बालबालिकाको लागि सामाजिक ब्यबस्थापन शाखा खोलिने योजनाका साथ अघि बढी रहनु भएको छ । मन्त्री भई सकेपछि भावी योजनाहरु के कस्ता छन् भन्ने बारेमा केन्द्रित रहँदै नेपालपत्र अनलाईन पत्रिकाका प्रधान-सम्पादक गोपाल भण्डारीले गरेको कुराकानी ।
१. नेकपा (माओवादी केन्द्र)मा तपाईलाई बौद्धिक, जुजारु र सशक्त महिला नेतृका रुपमा चिनिन्छ । पहिलोपटक मन्त्री बनेपछि कस्तो अनुभव गरिरहनुभएको छ ?
अब सांसद हुदाँको एउटा भूमिका थियो भने मन्त्री हुदाँको अर्को भूमिका हुन्छ । सांसद हुदाँ हामीले नीति-नियम, ऐन-कानुन बनाउदा एउटा खालको सोच बनाएर हामीले आएका थियौ तर हाम्रो चाहना अनुसार त्यी नीति, योजनाहरु, ऐन-कानुनहरु निर्माण गर्न नसकेको मलाई अनुभूति हुन्छ । संसदको मात्रै हैन म संबिधानसभाको पनि सदस्य र हामीले नयाँ संबिधान पनि निर्माण गर्यौ । नयाँ संविधानले नेपाली जनताको अधिकारको क्षेत्रलाई फराकिलो बनाएको छ । पूर्णरुपमा नभएपनि नेपाली जनतालाई उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायलाई नयाँ संविधानले प्रशस्त अधिकार प्रदान गरेको छ । यो अधिकारको उपयोग गर्ने उपयुक्त वातावरण बन्यो ऐनकानुन बन्यो र त्यो ब्यबहारमा कार्यन्वयन भएको दिन कुनैपनि नेपाली जनताले आफु उत्पीडित भएको अनुभूत गर्नुपर्दैन । त्यसकारण त्यो ब्यबहारमा कार्यन्वयन गर्ने चुनौती एउटा ठाउँमा छ ।
संबिधान निर्माण बेलाको मेरो अनुभूति अनुसार हामीले धेरै नीति-नियम र संबैधानिक व्यवस्था गरेका छौ । तर त्यसलाई ब्यबहारमा कार्यन्वयन गर्न जरुरी छ । त्यो ब्यबहारमा कार्यन्वयन गर्ने मुख्य माध्यम भनेको हाम्रा ऐनकानुनहरु हुन् र हाम्रा प्रशासनिक एकाईहरु हुन् । त्यसकारण अब हामी सांसद हुदाँ पहिला हामीले यस्तो उस्तो गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो र चाहदा चाहदै पनि कतिपय कुराहरु गर्न नसक्दा अलिकति नमिठो र खल्लो अनुभूति हुन्थ्यो किनभने हाम्रा सोचहरु, बिचारहरु, हाम्रा कदमहरु, हामीले जे-जे उद्धेश्य राखेका थियौ त्यहि उद्धेश्य अनुसार कार्यान्वयन होस भन्ने चाहेका छौ । तर यो नेपालमा अहिलेको राजनीतिक सङ्क्रमणले गर्दा हामीले चाहिँ समन्वय गर्नुपर्ने, कतिपय कुरामा सम्झौता गर्नुपर्ने वातावरण भएको हुनाले हामीले भने जस्ता नीति नियमहरु बनाउन सकेका छैनौ । त्यसकारण थोरै नपुगेको अनुभूति भएको छ ।
आफ्नो भूमिका आवश्यकता अनुसारको भूमिका निर्वाह गर्न नसकेको अनुभूति भईरहको छ किनभने हामीले गर्दा-गर्दै, चाहदा-चाहदै हाम्रो चाहना अनुसार कतिपय निर्णयहरु हुन सकेनन । त्यसकारण त्यो अनुभूति भयो । अब अहिले म मन्त्री भएकी छु, मन्त्री हुदाँ यस्तो कामहरु गर्न पाए हुन्थ्यो भनेर मैले जे-जे सोचेको थिए, यो महिला मन्त्रालयमा जान पाए मैले यो यो गर्थ्ये भनेर सोचेको थिए, त्यो अनुसार मैले योजना बनाएको छु । अब त्यो योजना अनुसार म अगाडी बढ्नको लागि यहाँ थुप्रै चुनौतिहरु छन् । एउटा त त्यो मैले बनाएका योजनाहरु, मन्त्रालयको नियमित कार्यक्रमहरु पनि हामीले गर्नुछ । नियमित कार्यक्रममा बजेट बिनियोजन भएको छ ।
तर जति उद्देश्यहरु मैले राखेको थिए, जुन कार्ययोजना मैले सार्बजनिक गरे, त्यसको लागि मसँग बजेटको अभाब छ । मैले नेपाल सरकार अथवा अर्थ मन्त्रालयसँग बजेट प्राप्त गरेभने त्यो कार्ययोजना कार्यन्वयन गर्न सक्छु । प्राप्त गरिन भने मैले त्यो कार्ययोजना कार्यन्वयन गर्न सक्दिन र अर्को कुरा कतिपय गैरसरकारी संस्थाहरु, अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले नेपालमा धेरै बजेटहरू कार्यन्वयन गरिरहेका छन्, लगानी गरिरहेका छन् । उहाँहरु मार्फत पनि त्यो पिडित बर्गलाई उहाँहरुको सहयोग लिन सकेभने मेरा सबै योजनाहरु कार्यन्वयन गर्न सक्छु । त्यहाँबाट सहयोग प्राप्त गर्न सकिन भने मैले सफल पर्न सक्दिन । त्यसकारण अब म मन्त्रालयमा मैले गर्ने प्रयत्न पनि हुन्छ र जतिपनि यो संस्थाहरु छन् । जो एजेन्सीहरु छन्, उहाँहरुसँग मैले छलफल गरेर त्यी योजनाहरुलाई सार्थक बनाउनको लागि मैले पहल गरेको छु । मेरो बिचारमा मेरो पहल सार्थक हुन्छ भन्ने मलाई लाग्छ ।
२. सशस्त्र युद्धका बेला पटक पटक जेल र हिरासतमा जीवन बिताएको तथा भूमिगत समयमा तत्कालिन शाही सेनाको गोलीले घाइते भएकी योद्धा पनि हुनुहुन्छ । तपाईंले महिला तथा बालबालिका मन्त्रीका रूपमा जिम्मेवारी पाउनुभएको छ । एउटा मन्त्रीका रूपमा आमजनताका महिला तथा बालबालिका मन्त्रालय अन्तर्गतका जनसरोकारका अपेक्षालाई तपाईं कसरी सम्बोधन गर्नुहुन्छ ?
म मन्त्री भईसकेपछि मेरो योजनाहरु त हाम्रो मन्त्रालयको कर्यक्षेत्रभित्र नै हुन्छन् । त्यहि कर्यक्षेत्र भित्र रहेर महिला, बालबालिका, एकल महिला, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र समाज कल्याणको क्षेत्रलाई हेरेर मैले एउटा ३७ बुदे कार्ययोजना प्रस्तुत गरेकी छु । मन्त्री भईरहदा र यहाँका मेरो मन्त्रालय महिला बालबालिका जेष्ठ नागरिक अपाङ्ग, यो एकदम संरक्षण गर्नुपर्ने वर्ग, राज्यले संरक्षण गर्नुपर्ने वर्ग, समाजले अलिकति समाजमा थोरै पनि उत्प्रेरित गर्नुपर्ने वर्ग भएको हुनाले मैले यो बर्गको लागि केहि न केहि काम गरिन भने अथवा यो मन्त्रालयले त्यो काम गर्ने कदम उठाएन भने हामी फेरी पनि पछाडी पर्छौ । त्यसैले अहिले अल्पकालिन हिसाबले हामीले धेरै उद्धेश्य त प्राप्त गरेका छौ । तर दीर्घकालीन रुपमा हामीले सफलता प्राप्त गर्नको लागि जेष्ठ नागरिकहरुलाई संरक्षण गर्ने, सम्मान गर्ने र उहाँहरुको उचित ब्यबस्थापन गर्न जरुरी छ । त्यो खालको प्रयत्न मैले गरेको छु । मन्त्रालयले गरेको प्रयत्नमा थप मेरो प्रयत्न हुन्छ । त्यस्तै गरेर बालबालिकालाई उचित खालको वातावरण दिएर उनीहरुको शारीरिक, मानसिक, संवेगात्मक विकास गरेर उनीहरुलाई भविष्यको दक्ष नागरिक बनाउनको लागि उपयुक्त वातावरण तयार गर्नको लागि योजनाहरु केन्द्रित भएका छन् । त्यस्तै गरेर महिलाको क्षेत्रमा पनि हामीले धेरै चुनौतीहरु भोग्नुपर्ने हुन्छ । अहिलेको राष्ट्रको नीति, मन्त्रालयको कार्ययोजना र जनताको आवस्यकतालाई मध्यनजर गरेर तिनीहरुलाई चाहिँ उचित ढंगले सम्बोधन गर्ने कुरा हुन्छ ।
३. नेपालमा महिला तथा बालबालिकाहरुको अवस्थालाई कसरी मूल्यांकन गर्नुभएको छ ?
हाम्रो देशमा जतिपनि महिला बालबालिका हुनुहुन्छ । सबैको स्थिति समान छैन । धेरै जसो महिलाहरुले एउटा उपयुक्त वातावरण प्राप्त गर्नु भएको छ, उहाँ अगाडी जानु हुन्छ । अहिले त छोरा र छोरीलाई समान अवसर दिएको बेलामा अहिले महिला र पुरुष समान ढगले अगाडी बढिरहनु भएको छ,पछिल्लो पिडिले । जसले त्यो अवसर प्राप्त गर्न सकेनन, आर्थिक विपन्नताको कारणले, पिछडिएको क्षेत्रको कारणले, त्यो खालको वातावरण नपाएर पछाडी परेकाहरुलाई प्रेरित गर्नुपर्ने हामीले त्यो आवश्यकता देखेका छौ । ग्रामिण क्षेत्र, सहरी क्षेत्र र बिकट क्षेत्र । हामो चाहिँ यी ३ क्षेत्रको फरक बिशेषता छ । हिमालको पहाडको तराइको छुट्टा-छुट्टै बिशेषता छ र त्यसमा पनि सम्पन्न वर्ग र एउटा बिपन्न वर्गहरुमा पनि ठुलो खाडल छ । सबैलाई समान नीतिले हुदैन । उहाँहरुको स्थिति हेरेर हामीले उहाँको वर्ग हेरेर उहाँहरुको सामजिक पारिवारिक परिवेस हेरेर हामीले फरक फरक ढंगले उहाँहरुको बर्गिकरण गरेर फरक फरक खलका कार्यक्रम ल्याउन जरुरी देख्छु ।
४. नेपालमा भएका राजनीतिक आन्दोलनले महिला तथा बालबालिकाहरुको जीवनमा के कस्तो परिवर्तन ल्याएको छ ?
बालबालिका कोहि सडक, कोहि श्रमिक बालबालिका जो होटेलमा छन्, कलकारखानाहरुमा छन् । कोही बालबालिका घरमा नै अवसर नपाएर बन्चित भएका छन् । त्यी सबै बालबालिकाहरुका लागि एउटा योजना त अगाडी सरेकै छौ र हामीले फेरी पनि त्यी योजनाहरुलाई कार्यन्वयन गर्नको लागि सडक बालबालिकाहरुलाई सडकबाट उठाउने, यो भन्दा अगाडिको योजना, गत बर्षको यो मन्त्रालयको योजना थियो । काठमाडौँ उपत्यकालाई सडक बालबालिका मुक्त सहर बनाउने । अब यो चाहिँ प्रभाबकारी ढंगले अगाडी बढ्यो, यो प्रभावशाली भईसकेपछि देशका अन्य ठुला सहरहरुमा पोखरा, बिराटनगर, बिरगंज, नेपालगञ्ज लगायतका ठुला शहरहरुमा त्यहाँका सडक बालबालिकाहरुलाई ब्यबस्थापन गर्ने कार्यक्रम यसले ल्याएको छ र उहाँहरुलाई जस्तै हामीले श्रमको क्षेत्रमा श्रम गर्ने बच्चाहरु छन् । कोहि होटेलमा छन्, कोहि कारखानामा छन्, क्कोही अन्यन्त्र घरेलू श्रममा छन्, त्यी बालबालिकाहरुलाई बालश्रमबाट मुक्त गर्ने नाउँमा हामीले उहाँलाई त्यो श्रमबाट मुक्त गराउने, निकालेउ भने निकालेर मात्रै पुग्दैन ।
उहाँहरुको उचित ब्यबस्थापन, उपयुक्त बस्ने वातावरण, खानपिन, शिक्षा, शुरक्षा सबै खालको वातावरण तय गरेर हामीले ब्यबस्थापन गर्नु जरुरी हुन्छ । त्यसकारण कि हामीले परिवारमा ब्यबस्थापन गर्न सक्न पर्यो कि त राज्यले उचित ब्यबस्था पनि गर्न सक्न पर्यो । त्यो ब्यबस्थापनको योजना नभएसम्म हामीले श्रमबाट मुक्त गराउन, सडकबाट मुक्त गराउन योजना ल्याएर मात्रै त्यो प्रभाबकारी हुन सक्दैन । त्यसकारण हामीले उहाँहरुलाई जहाँ हुनुहुन्छ त्यहाँबाट मुक्त पनि गरौ र उचित ढंगले ब्यबस्थापन पनि गर्ने । ब्यबस्थापन भन्ने बित्तीकै उनीहरुको लागि पढ्ने वातावरण, बस्ने खाने वातावरण र उचित सम्रक्षणको पनि ब्यबस्थापन मिलाउन पर्छ । त्यो खालको सोच मन्त्रालयले बनाएको छ र यो भन्दा अगाडी नै बालकल्याण समिती मार्फत यसको प्रयत्न भईरहेको छ ।यति हो यसलाई प्रभाबकारी बनाउन छ । यसलाई देशभरि नै फैल्याउन जरुरी छ ।
तपाई आज जति पनि परिबर्तनहरु देखेका छौ । यो सबै राजनीतिक परिबर्तनको, राजनीतिक संघर्षको परिणाम हो । त्यसैले राजनीतिक संघर्षले राष्ट्रमा जुन परिबर्तन ल्याएको छ, त्यो महिला बालबालिकाको लागि पनि ल्याएको छ । अरु सब आम व्यक्तिमा पनि ल्याएको छ । गणतन्त्र स्थापना भयो यो सबैको लागि संघियता, हामीले चाहिँ एकात्मक प्रणाली छोडेर संघियता ल्याएका छौ । यो पनि सबैको लागि हो । हामीले चाहिँ समानुपातिक समाबेशी प्रतिनिधित्व एकदम राम्रो व्यवस्था हामीले संबैधानिक रुपमा हामीले गरेका छौ । यो सबैको लागि हो । त्यसकारण हामीले आम जनताको लागि जुन परिबर्तन भएको छ राष्ट्रमा यो सबैको लागि परिबर्तन भएको छ । त्यहाँभित्र महिला, बालबालिका, अपांगता र जेष्ट नागरिक सबै पर्नु हुन्छ ।
५. अहिले अधिकाशं राष्ट्रिय एंव अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाहरु स्वच्छाचारी ढङ्गले नै अघि बढेको देखिन्छ, यिनलाई व्यवस्थित गर्ने कुनै ठोस योजनाहरु छन् तपाईंसंग ?
अधिकाशं राष्ट्रिय एंव अन्र्तराष्ट्रिय गैह्रसरकारी संस्थाहरुलाई व्यवस्थित गर्नको लागि यिनीहरुलाई नियमन गर्न ब्यबस्थित गर्न उहाँहरुले गरेको लगानीलाई पनि सम्मानपूर्ण ढंगले उपभोग गर्नका लागि हामीले एकद्वार प्रणाली अपनाउनु पर्छ भनेका छौ । त्यी सबै ब्यबस्थाहरु उसको लागि कस्तो नीति बनाउने, कसरी राष्ट्रको हितमा हुन्छ । यो भन्दा बढी प्रभावशाली कसरी बनाउन सकिन्छ भनेर समाज कल्याण ऐन २०४९ लाई संसोधन गर्दै छौ । सबै कुरा ऐनमा सबोधन गरेर, समेटेर हामी गैरसरकारी संस्थाको नियम्बन गर्ने र यसलाई ब्यबस्थित ढंगले संचालन गर्ने तिर हामी जान्छौ । जसले गर्दा गैरसरकारी संस्थाले गरेको लगानीको पनि कदर हुन्छ ।
६. महिला तथा बालबालिकाहरुमा हुने हिंसाविरुद्धका बिरुद्ध कस्ता नीति नियमहरु अझ बन्न आवश्यक छ जस्तो लाग्छ तपाईलाई ?
अहिले धेरै कार्यक्रम मन्त्रालयले गर्दा गर्दै सबै संस्थाहरुले गर्दागर्दै, राज्यले नै महिलाहरुलाई प्राथमिकता दिएर काम गर्दागर्दै पनि हामीले के देखेका छौ भने कुरीतिको कारणले, अन्धविश्वाससको कारणले बोक्सी भन्ने, महिला हिंसा हुने, आफ्नै परिवारबाट पनि हिंसा हुने, विभिन्न छुवाछुत जस्ता यस्ता थुप्रै परम्परा, दाइजोको कारणले । यी जति पनि सामाजिक परम्परा छन्, त्यी राम्रा सस्कृति हामीले बचाउनुपर्छ । तर जुन सस्कृतिहरु गलत छन् । कुरीतिको रुपमा गलत रितिको रुपमा हामीले समाजमा देखेका छौ । त्यो कुरीतिको अन्त्य नगरेसम्म हामीले महिलाहरुलाई यो वर्तमान उत्पीडनबाट मुक्त गर्न सक्दैनौ । त्यसकारण महिलामा त्यो मात्र नभईकन धेरै ठुला अपराध पनि हुने गरेका छन् । महिलाहरुमाथि, बच्चाहरुमाथि, बृद्ध सम्मलाई पनि बलात्कार गर्ने, अपहरण गर्ने, विभिन्न तरिकाले बेच्ने । यसरी महिलाहरु माथी घटनाहरु घटिरहेका छन् । त्यो अपराधलाई रोक्नु पनि धेरै ठुलो चुनौती छ ।
कुरीति र अपराधलाई रोक्नको लागि ७५३ वटा स्थानीय तहहरुमा एउटा-एउटा समूह बनाएर हामीले त्यसको लागि बिशेष कार्यक्रम संचालन गर्ने योजना बनाएका छौ । त्यो मात्र नभईकन महिलाहरुलाई गरिबीको कारणले, बेरोजगारीको कारणले अभावको कारणले, शिक्षाको कारणले हामी पछाडी परेका छौ । यो सबैको जड भनेको महिलाहरुसँग एउटा आर्थिक आधार छैन । बेचिनु कुरीति कु-संस्कारको कारणले हेपिनु, उचित वातावरण परिवारलाई दिन नसक्नु, आफु पनि उत्पीडनमा पर्नुको मुख्य कारण भनेको आर्थिक कारण भनेको आर्थिक विपन्नता हो । महिलाहरु सँग आर्थिक आधार छैन । त्यसकारण उहाँहरुलाई आर्थिक आधार बनाउनको लागि एउटा ब्यबसायीक र रोजगार मुलक काममा महिलाहरुलाई लगाउन जरुरी छ ।
उहाँहरुको क्षेमता अभिवृद्धि गरेर पढेर आफै पनि कुनै प्रशासनिक क्षेत्रमा, निजामती क्षेत्रमा, न्यायको क्षेत्रमा अथवा कुनै क्षेत्रमा उहाँहरुले विशिष्टता हासिल गर्नुपर्यो, जो ग्रामिण महिलाहरु हुनुहुन्छ, सहरमा बसेर पनि बिपन्न हुनुहुन्छ, विभिन्न कारणले पछाडी पर्नु भएको छ, उहाँहरुलाई उठाउनको लागि आर्थिक सबलीकरणको, आर्थिक स्वाबलम्वन मुख्य हो । त्यसकारण आर्थिक रुपमा सम्पन्न गर्नको लागि ब्यबसायी र रोजगारमुलक कामहरुमा जोड दिन आवश्यक छ भनेर हामीले यो अन्त्य गर्ने, अपराध अन्त्य गर्ने र आर्थिक स्वाबलंबनको बाटोलाई जोड दिएर गएका छौ । त्यस्तै अपांगता भएका व्यक्तिहरुको क्षेत्रमा धेरै दुख कष्टहरु भोग्नु पर्नेको छ ।
मान्छे चाहेर अपांगता त हुदैन नि, जन्मदा प्राकृतिक रुपले अथवा कुनै दुर्घटनाको कारणले, द्वन्दको कारणले जस्ता विभिन्न कारणले मान्छेले अपांगता व्यहोरी रहेको छ । त्यो अपांगता जिबनलाई पनि सहग बनाउनको लागि हामीले बिशेष कार्यक्रम संचालन गर्न सक्छौ । पूर्ण अपाङ्ग अशक्तहरुलाई सहयोग गर्ने, उचित ब्यबस्थापन गर्ने भने अलिकति अपांगता भएको छ तर उहाँहरु केहि गर्न सक्नुहुन्छ । उहाँहरुसँग सिप छ, जागर छ, इच्छा छ, चाहना छ र लगाब छ भने उहाँहरुलाई चाहिँ त्यो खालको बाताबरण दियो भने सपाङ्गले भन्दा आझै ठुलो रिजल्ट दिएको हामीसँग उदाहरण पनि छ । त्यसकारण उहाँहारुलाई त्यो खालको प्रेरित गर्ने अर्को योजना छ भने, अर्को अन्तराष्ट्रिय तथा राष्ट्रिय संस्थाहरु कति छन्, उहाँहरुलाई केन्द्रीत गर्न सकियो भने राष्ट्रले उहाँहरुले गरेको योगदानको पनि हामीले कदर गर्न सक्छौ । यहाँहरुले गरेको लगानी र यो राष्ट्रमा उहाँहरुले दिएको योगदानको कदर पनि राज्यले गर्न सक्छ र राज्यले पनि केहि परिणाम पनि प्राप्त गर्न पनि सक्छ ।
७. अन्त्यमा, नेपालपत्र मार्फत के भन्न चाहनुहुन्छ ?
हामी अहिले बिकासोन्मुख राष्ट्रभित्र पर्दछौ । सरकारका पनि धेरै सीमाहरु र कमजोरीहरु भएतापनि लक्षित बर्गको निम्ति थुप्रै कार्ययोजनाहरु र नीतिहरु तय गरेको छ । सामाजिक सुरक्षा पनि प्रदान गरेकोले म के भन्न सक्छु भने यो प्रयाप्त छैन । हामीले धेरै राज्यसँग अधिकारको माग त गर्छौ, अधिकार पनि हामीले प्रयाप्त माग्नुपर्छ । अधिकारको निम्ति संघर्ष पनि गर्नुपर्छ । यो राज्यको नागरिक भएर कर्तब्य पालना गर्नको लागि पनि हामी जिम्मेवार भएमा हामीले अधिकार र कर्तब्य संगसंगै लिएर गयौ भने राष्ट्रको बिकासको निम्ति धेरै समय कुर्नुपर्दैन । छिटै हामीले विकास गरि सक्छौ ।