९ मंसिर २०८१, आइतबार

दोस्रो पुस्तामा पार्टी नेतृत्व हस्तान्तरण भएमा ५ वर्षपछि नेपाली काँग्रेस सबैभन्दा ठुलो पार्टी बन्नेछ – नेता डा. रिजाल


डा. मिनेन्द्र रिजाल

नेपाली कांग्रेसका बौद्धिक नेता तथा पूर्व मन्त्री डा. मिनेन्द्र रिजाल अहिले संसदमा सरकारको कडा आलोचकका रुपमा देखिनुभएको छ । काँग्रेसभित्र निर्वाचनको हारपछि नेतृत्व परिवर्तन तथा पुस्ता हस्तान्तरणको बहस उठिरहेको छ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा तथा वरिष्ट नेता रामचन्द्र पौडेल अभिभावक बनी दोस्रो पुस्तामा पार्टी नेतृत्व  हस्तान्तरण हुनुपर्छ भन्ने चर्को बहस नेपाली कांग्रेस यथावत छ । संसदमा प्रखर वक्ताको रुपमा स्थापित बौद्धिक नेता रिजाललाई भावी नेपाली कांग्रेसको अग्रपक्तिमा आउन सक्ने सम्भावना बोकेको नेताको रुपमा हेर्न थालिएको छ । वर्तमान सरकार अधिनायकवादउन्मुख भएको तर्क गर्ने कांग्रेस नेतामध्ये डा. रिजाल अग्रपंक्तिमा पर्नुहुन्छ । सरकारको कडा आलोचकको  परिचय  बनाउनु भएका सांसद रिजालसँग समसामहिक विषयमा केन्द्रित रहेर नेपालपत्रका संवाददाता अनुसा नेपालले गरेको कुराकानी :

१. तपाईलाई नेपाली कांग्रेसमा बौद्धिक तथा धेरै पटक मन्त्री भएको परिपक्क क्षमतावान नेताको रुपमा लिईन्छ नेपाली काँग्रेसले देशभरि नै चुनाबमा हार भोगेको अवस्थामा तपाईं मोरङ (क्षेत्र २) वाट प्रतिनिधिसभा सदस्य निर्वाचित बन्न सफल हुनुभयो, तपाईंको जीत कसरी सम्भव भयो ?

अब हामी कहाँ दुई नेपाल कम्युनिष्ट पार्टी मिलिसकेपछि कांग्रेसको भन्दा आठ हजार वढी भोट थियो । त्यसैले स्वाभाविक रुपमा हिजो कम्युनिष्ट पार्टीहरुलाई माओवादी र एमालेलाई भोट हाल्नेहरुले मलाई नपत्याएको भए चुनाव जित्न त सम्भव नै थिएन । त्यसैले त्यहाँको आम जनताले काँग्रेसलाई पहिला भोट हाल्ने जनताले पत्याउनुपर्ने आवश्यक थियो । त्यसपछि कम्युनिष्ट पार्टीलाई भोट हाल्नेहरुले पनि मलाई भोट हाल्दा मात्र मेरो जीत सम्भव थियो । त्यसैले त्यो सम्भव भयो । उहाँहरुले भोट हाल्नुभयो । यसकारण भोट हाल्नुभयो कि, यो मान्छे भयो भने हाम्रो केहि कामहरु हुनसक्छ । मोरङ्को अलिकति पछाडी परेको, दु:ख भएको ठाउँ, खोलैखोला भएको ठाउँ, जहाँ बाढीको सधै त्रासमा बस्नुपर्छ । विगतका वर्ष पनि धेरै क्षति वाढीवाट भयो, अहिले पनि वाटो-घाटो खासै छैन । दक्षिणतिर मुख्य त मधेसी समुदाय, आदिवासी जनजातीहरुको वस्ती छन् । दलित, सन्थाल, मुसलमान, राजवंशीहरुको वस्ती छ । त्यो वस्तीमा वाटो-घाटो केहि छैन गरिवी छ, दु:ख छ । त्यहाँको मानिसले यो मान्छेले हाम्रो लागि केहि गर्छ कि भन्ने आशाले भोट हालेकोले मैले जिते ।

२. प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काँग्रेसको समग्रमा कम सिट आएपछि पार्टीमा युवा नेतृत्व अघि आउनुपर्छ भन्ने धारणालाई तपाईले कसरी हेर्नुभएको छ ?

त्यो आवाज पनि आएको छ । मैले देखेको अवस्था पार्टीको समर्थन खासै घटेको छैन । स्थानीय तहको निर्वाचनमा भन्दा पार्टीको मत बढ्यो । तर अहिले दुईवटा कम्युनिष्ट पार्टी एक ठाउँमा मिलेपछि हाम्रो संगठनले जित्ने सम्भावना थिएन । अहिले त मिलिसकेको छ । आउने दिनमा दुई कम्युनिष्ट पार्टीको समर्थन संयुक्त रुपमा हुन्छ । त्यो समर्थन भन्दा वढी काँग्रेसलाई बनाउनु छ । आजको चुनौती त्यो हो । त्यसैले हामीले पहिलाको समर्थन गुमायौं भनेर कुरा गर्दा पार्टी भित्र अलि-अलि असन्तुष्टि थियो होला । काम गर्ने कुरा र उम्मेदवारीमा पनि असन्तुष्टि थियो होला । यी सबैको बाबजुदले गर्दा पनि दुईवटा कम्युनिष्ट पार्टी मिलेपछि काँग्रेसलाई मत हाल्ने मान्छेले यसपटक पनि भोट हालेको छ । अन्तर्घात भनेको पार्टीमा हुन्छ । यो पटक पनि भयो होला । यो भन्दा अगाडी कहिले नभएको अन्तर्घात भएको जस्तो पनि देखिदैन । केहि असन्तुष्टि थियो । नभएको होइन,  तर हाम्रो समर्थन पुगेन । कम्युनिष्ट पार्टीले लगेको मत भनेको २०६४ सालको संविधानको पहिलो निर्वाचनमा हो । त्यसपछि फेरि कम्युनिष्ट पार्टीको भोट घटेको छ । एउटा के देखिन्छ भने एमाले पार्टीको समर्थन एउटा रुपमा वढेर गएको देखिन्छ । २०४८ साल पछाडी त्यो भन्दा अगाडी निकै ठुलो आकारमा एमालेको उपस्थिति भयो । माओवादीको एकचोटी २०६४ सालमा थियो । त्यसपछि निरन्तर ओरालो लागेको छ । दुईवटा कम्युनिष्ट पार्टी मिल्दा फेरि समर्थन भएपछि हामी हारियो । तर अव दुईवटा पार्टी मिलेर वनेको कम्युनिष्ट पार्टी भन्दा वढी भोट ल्याउन सक्नको लागि अहिलेको नेताहरु जो मुख्य नेताहरु हुनुहुन्छ । चाहे पार्टीको सभापति, वरिष्ट  नेताहरु भन्नुस । उहाँहरुले धेरै ठुलो काम गरिसक्नु भएको छ । नेपाली काँग्रेसका लागि उहाँहरुले मात्र होइन । उहाँहरु जस्तो हजारौं पुस्ताका नेताहरुले अत्यन्त दु:ख गर्नुभएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनमा पहिचान भएन । तर उहाँहरुको दुईजना नेताहरु हुनुन्थ्यो सबैभन्दा चिनिने मान्छे हो । उहाँहरुको पुस्ताको योगदान भन्दा बढी नेपालको कुनै लोकतान्त्रिक आन्दोलन भएको छैन । त्यसैले उहाँहरुको योगदानलाई हामी  कदर गर्नुपर्छ । उहाँहरुप्रति हामीले आभार प्रकट गर्नुपर्दछ । तर यो चुनौती सामना गर्नको लागि उहाँहरुको उमेर कटिसकेको छ । ७५ वर्ष नाघेको दुईजना नेताले यतिठुलो चुनौती सामना गरेर नेपाली काँग्रेसलाई फेरि सबैभन्दा ठुलो नेपाली जनताको प्रिय पार्टीको रुपमा पुन: स्थापित गर्ने चाहना र अनुभव छ । उहाँहरुको तर यतिले मात्र पुगेन । त्यो तागत र अहिले जसरी बिषयहरुलाई सम्बोधन गर्नका लागि उहाँहरुले सक्नुहुन्छ जस्तो लाग्दैन । उहाँहरुलाई म सम्मान गर्छु । अब उहाँहरुको पुस्ताले हुँदैन । उहाँहरु अभिभावक बन्नुपर्छ । उहाँहरुको अनुभववाट काँग्रेसले सिक्नुपर्छ । तर अब पार्टीको नेतृत्व उहाँहरुको पुस्ता भन्दा बाहिर आउनुपर्छ । अनि मात्र काँग्रेसले नेपाली जनताको सबैभन्दा लोकप्रिय बनाउने दिसामा अलिक बलियो काम गर्न सकिन्छ । त्यस अर्थ काँग्रेसमा नेतृत्व परिवर्तनमा समर्थन गर्छु । कतिको युवामा जाने भन्ने कुरा भोलिको विषय हो । हामीहरु पनि बुढो भइसकेका छौ । हामी भन्दा युवामा जाने हो की ? मैले प्रतिकको रुपमा भन्ने गरेको छु । शशांक कोईरालाको पुस्ता होकी गगन थापाको पुस्ता हो । अस्तिको महाधिवेशनमा तीनजना महासचिबमा लड्नु भयो । एउटा अर्जुननरसिंह केसी, शेरबहादुर देउवा र रामचन्द्र पौडेल पुस्ताको अर्को शशांक कोइराला र गगन थापा लड्नु भयो । अर्जुननरसिंह पुस्ताको बिदा हुने बेला भयो । शशांक कोईराला र गगन थापाको पुस्ता हुने भन्नेमा अव गम्भीर छलफल होला ।

३. चुनावमा नेपाली काँग्रेसले सोचे अनुसारको परिणाम ल्याउन नसक्नुका कारण कसरी विश्लेषण गर्नुहुन्छ ?

हाम्रो समर्थन खुम्चेको छैन । केहि गुनासोको वावजुद पनि काँग्रेसमा त्यति ठुलो अन्तर्घात पनि भएन । यसपटक पनि काँग्रेसलाई भोट आएको छ । हामीले ३६ प्रतिशत मत पाएका छौ  । काँग्रेसको राम्रो हुँदा पनि ३८ प्रतिशत भन्दा वढी मत कहिले ल्याएका छैनौ । त्यसैले हाम्रो समर्थन खुम्चेन तर कम्युनिष्टहरुको समर्थन वढ्यो नेपालमा यसलाई कसरी हेर्न सक्नुहुन्छ भने पुरानो पंचायतवाट आएर वनेको मत अव त्यहाँ रहेन । उहाँहरुको मत खुकलो भएर बाहिर निस्कियो । त्यसरी वाहिर निस्किदा कम्युनिष्टहरुतर्फ मत गएको देखिन्छ । त्यसैले कम्युनिष्ट मत निकै छ । त्यो मत अब प्रतिस्पर्धा त मिलिसकेकोसँग गर्ने हो । त्यो मिलिसकेको कम्युनिष्टसँग प्रतिस्पर्धा गर्न हामीसँग मत छैन । त्यो मत जुटाउनको लागि जनताको लागि पनि काम गर्नुपर्छ । त्यो किसिमको मत ल्याउनको लागि आउने दिनहरुमा आउने चुनौतीलाई सामना गर्नसक्ने त्यहि किसिमको उर्जावान नेतृत्व पनि हुनुपर्छ ।

४. नेपाली काँग्रेस गुटबन्दीले आफै सकिदैछ भन्छन् के हो वास्तविकता ?

यो बेकार कुरा हो । चुनाव हरेको हो नराम्रोसँग चुनाव हारेपछि अलिक-अलिक पिडा हुन्थ्यो । त्यो पिडामा चर्को एक अर्कामा आलोचना भयो होला । कसलाई दोस दिने भन्ने कुरामा अलिकति चर्को भयो होला । अनि अहिले मिडियामा आउदा दु:ख लागेको छ । किनकि अलि-अलि मसला हालेपछि समाचार विक्छन् । नत्र समाचार विक्दैन । तर त्यो चरण शान्त भयो । अहिले काँग्रेसको दुईवटा कुरा देख्न सक्नुहुन्छ । एउटा कम्युनिष्ट सरकारले जसरी काम गरिरहेको छ । कम्युनिष्ट सरकार संविधान मान्ने वाटोमा होइन । भत्काउने वाटोमा छ । संविधान फेर्न सक्ने ताकत छ । त्यसैले संविधान मान्नुपर्दैन भन्ने अधिनायकवादी वाटोमा, सर्वसत्तावादी वाटोमा जान थालेको देखिन्छ । दुईवटा कम्युनिष्ट पार्टी मिलेर वनेको नेकपाका अध्यक्षले जे आदेश दियो । त्यो सबैतिर पालना गर्नुपर्छ । न्यायालय, कर्मचारी, पत्रकार, आम नागरिकले पनि त्यहि आदेश पालना गर्नुपर्छ भन्ने वाटोमा उहाँहरु उभिनु भएको छ । अहिले हामी त्यो वाटोलाई रोक्छौ । हामीले दु:ख गरेर बनाएको संविधानलाई भत्काउना दिदैनौ । संविधानका लोकतान्त्रिक मुल्य र मान्यतालाई कायम  राख्छौ । स्वतन्त्र न्यायपालिकाको अवधारणामाथि आक्रमण गर्न, प्रेस अभिव्यक्तिको स्वतन्त्रतामाथि, सरकारलाई आम राष्ट्रसेवक सरकारी कर्मचारीहरुलाई स्वतन्त्र रुपले काम गर्ने वातावरण समाप्त हुन दिदैनौं । अब देशमा राम्रो आधार वनेको छ । राजनीतिक, आर्थिक र सामाजिक आधार छ । अब विकास, सम्वृद्धिको वाटोमा जानलाई सरकारलाई हामी रचनात्मक प्रतिपक्षको रुपमा सहयोग गर्न तयार छोँ । विकासको वाटोमा जाउँ, जनताको सम्वृद्धिको वाटोमा जाउँ, जनताले धेरै दु:ख पायो । यो वाटोमा जानको लागि काँग्रेस सचेत छ । सरकारले गलत काम गर्दा रोक्ने, सरकारको अधिनायकवादी मनस्थितिलाई परास्त गर्ने संबिधानलाई जोगाउने, सम्बृद्धिको बाटोमा सरकारलाई हिडाउने गर्छो । अब धेरै झंझट बेहोरी सकेको मुलुकलाई विकासको वाटोमा अघि बढाउने कुरा हो । एउटा अर्को पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धालाई स्वस्थ रुपमा गाडी बढाउने नँया नेतृत्व कसरी हुन्छ भने लोकतान्त्रिक प्रक्रियावाट हुन्छ काँग्रेसमा निर्वाचन हुन्छ । अधिवेशन तल गाउँदेखि नै हुन्छ । केन्द्रको महादिवेशन हुन्छ । दुईवर्षभित्र गरिसक्नुपर्ने हन्छ । त्यसले पार्टीभित्र लोकतान्त्रिक प्रक्रियावाट स्वस्थ तरिकाले गर्ने कुरामा सचेत छ ।

५. नेपाली काँग्रेसमा भइरहेको गुटबन्दी असन्तुष्टिलाई हटाई पार्टीलाई एकतावद्ध गरेर लैजान पार्टी सभापतिले के गर्नुपर्छ ?

पार्टी सभापतिले के गर्नुपर्छ मैले किन भन्ने ? पार्टी सभापतिले गर्नुपर्नेमा पार्टी सभापतिलाई सोध्नुस । म यसरी सार्वजनिक रुपमा बोल्न चाहन्न । म यसकारण पनि बोल्न मिलेन किनकी मैले भनिसकेको छु । अर्को पुस्तामा नेतृत्व जानुपर्छ भनेर । म एउटा कुरा भन्न सक्छु कि आउने महादिवेशनसम्ममा पार्टीलाई चुनौती अनुसार अगाडी लान सक्नुपर्छ । आउने महादिवेशनवाट स्वस्थ प्रतिस्पर्धवाट नँया नेतृत्व आउने वातावरण वनाउनुपर्छ । त्यसका लागि आवश्यक काम गर्नुपर्यो । यो भन्दा वढी भन्न चाहन्न ।

६. नेपाली काँग्रेसको जस्तो लामो इतिहास कुनै पार्टीको पनि छैन तर अहिलेको अवस्था हेर्दा अब अर्को चुनावमा नेपाली काँग्रेस लोप हुने होइन जस्तो देखिएको छ ? यस बिषयमा तपाईं के भन्नु हुन्छ ?

काँग्रेसको आधारको समर्थनको अहिलेसम्म कहिले पनि घटेको छैन । पहिला भन्दा कम्जोर भएको छैन । काँग्रेसप्रतिको जनताको समर्थन घटेको छैन । तर दुईवटा कम्युनिष्ट पार्टी मिल्दा फेरी दुईवटा एक्ला-एक्लै गयो भने हामी भन्दा साना छन् । दुईवटा मिल्दाखेरी हामी भन्दा ठुला छन् । अब आउने दिनमा दुई मिलेर ठुलो भएपछि त्यहि ठुलो भन्दा हामी ठुलो हुन सक्नुपर्छ । समर्थनको आधारमा जनताको त्यो भन्दा प्रिय हुनपर्छ । त्यो काममा लाग्ने हो । त्यसैले आउने दिनमा हामी बिग्रिने भन्ने चिन्ता छैन । तर कम्युनिष्टका नेताहरुलाई बरु यो एकता चाडै बिग्रिएलाकी भन्ने चिन्ता वढेको छ । उहाँहरुको सार्वजनिक अभिव्यक्ति सुन्नुस । आजकल नेकपा अध्यक्षहरु काँग्रेसमाथि खनिनु भएको छ । चुनाव लडेर काम गर्न आउने काम गर्नेतिर लाग्ने कि काँग्रेसतिर खनिने । काँग्रेस सकिएला कि भनेर होइन काँग्रेससँग गारो छ, काँग्रेस भएसम्म हामीले जवरजस्ती गर्न पाउदैनौं, कम्युनिष्ट दर्शन, जनतामाथि दमन गर्न, पाउदैन भन्ने भावनाले त उहाँहरु एकोहोरो हामीतिर लाग्नु भएको छ । नत्र यसरि हारिएको बेलामा पनि हामी माथि खन्याउन पर्ने आवश्यकता नै थिएन ।

७. प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसदीय सुनुवाई विशेष समिति बैठक बहिस्कार गर्दा पनि समितिले दीपकराज जोशीलाई प्रधानन्यायाधीश बनाउन दुई तिहाई बहुमतका आधारमा अस्वीकृत गरेको छ । यसलाई नेपाली काँग्रेसले कसरी लिएको छ ?

म संसदीय सुनुवाईको कुरा गर्दिन । मलाई साधारण कुरा के छ भने नेकपाको संसदीय दलको नेताको रुपमा केपी शर्मा ओली देशको प्रधानमन्त्री वनिसक्नु भएको हो । प्रधानमन्त्रीको हैसियतमा उहाँ संवैधानिक परिषद्को अध्यक्ष हुनुन्छ । संवैधानिक परिषद्को अध्यक्षको हैसियतमा दिपकराज जोसीको नाम प्रस्ताव गर्नुभयो । केको आधारमा हो भने नेकपाको संसदीय दलको आधारमा । त्यहि संसदीय दलको नेताको रुपमा त्यहि संसदीय दलको रुपमा उहाँले आफ्नो पार्टीको संसदीय सुनुवाई समितिको सदस्यलाई हुइप जारी गर्नलाई उनलाई अस्वीकृत गर्नुभयो । एकतर्फ वसेर उनको नाम प्रस्तावित गर्ने अर्कोतर्फ वसेर उनको नाम अस्वीकृत गर्ने । यो भन्दा लज्जास्पद कुरा के हुन्छ ? यस्तो किन गर्नुभयो ? यसको व्याख्या उहाँले आम नेपाली जनता समक्ष गर्नुपर्छ । उहाँले संसदमा गर्नुपर्छ  । यसरी वस्न पाइदैन । उहाँलाई यो प्रधानन्यायाधीश स्वीकृत र अस्वीकृत कुरामा अस्वीकृत हुँदा उहाँलाई संवैधानिक समितिको अध्यक्षको रुपमा दु:ख लागेको छ कि नेता जस्तो हुइप पालना गरेर उहाँलाई अस्वीकृत गरियो । त्यो हुँदा उहाँलाई विजयको महसुस भएको छ । छैन भने भन्नुपर्छ । संसदीय सुनुवाई समितिमा यसरी दुईवटा अनुहार लिएर एउटा टोपी लगाएर एउटा निर्णय गराउने अनि अर्को टोपी लगाएर निर्णय वदर गराउने । यो भन्दा लज्जास्पद काम नेपालको इतिहासमा कहिले कसैले गरेको छैन । एउटै कामको लागि उहाँहरु के शंदेश दिन चाहनुहुन्छ । हामीले भन्ने मान्ने हो भने न्यायालयको न्यायाधीश वन्न पाइन्छ । प्रधानन्यायाधीश वन्न पाइन्छ । हामीले भनेको नमान्ने हो भने दिपकराज जोशी वन्नुपर्छ । उहाँहरु न्यायालयलाई कम्जोर वनाउन चाहनुहुन्छ । आफ्नो कम्जोर हतियार बनाउन चाहनुहुन्छ । त्यो वाटोमा काम नगर्ने कुनै पनि न्यायाधीशलाई सहन सक्नुहुन्न भने त्यो संदेश हो । नभए जुन पार्टीको दिपकराज जोशीलाई अस्वीकृत गर्नुभयो । त्यो पार्टीको नेताले उहाँको नाम किन प्रस्ताव गर्नुभयो । प्रस्ताव गर्ने अनि अस्वीकृत गराउने भनेको कसैलाई भ्रम नहोस् । अब कम्युनिष्ट पार्टी कम्युनिष्ट दर्शनवाट चल्छ भन्ने संदेश दिन खोज्नु भएको हो ।

८. सरकारको बर्तमान गतिबिधिलाई मुल्याकन गर्दै नेपाली कांग्रेस अव कसरी अघि बढ्छ ?

के गतिविधि छ सरकारको ? के काम गरेको छ सरकारले ? चुवान जितेर आएको सरकार, काम गरेर आएको होइन । अहिले मुख्य काम के छ भन्दा विकास निर्माण होइन, कानुन बनाउने होइन संघीयता बनाउने थुप्रै छ । त्यता पनि छैन, हिजो सात दिनको लागि ससद रोकिएको छ । सात दिनपछि अर्को बैठक छ । यसकारण सरकारले कुनै ससदमा बिजनेश दिन सकेको छैन । अब सरकार के काममा व्यस्त छ ? हामीसँग दुइतिहाइ बहुमत छ । देशमा हाम्रो सरकार छ । छ वटा प्रदेशमा हार्मो सरकार छ । सात वटा प्रदेशमा हामीले समर्थन गरेको सरकार छ । त्यसैले अब कम्युनिष्ट दर्शन अनुसार चल्ने बाहेक अरु छैन नेपालमा भनेर त्यो संदेश सबैलाई दिन चाहनुहुन्छ । अब कसैलाई भ्रम नरहोस् कि कम्युनिष्ट दर्शनवाट अधिनायकवादी वाटोवाट, सर्वसत्तावादी वाटोवाट र नेकपाका अध्यक्ष-अध्यक्षले भनेको बाहेक अरु वाटो देश चल्न पाउदैन, संसद चल्न पाउदैन, न्यायालयले चल्न पाउदैन जस्तो संदेश दिने त्यो वाटोमा देशलाई अगाडी वढाउने अनि मात्र अरु काम गर्ने भन्ने उहाँलाई विकास निर्माण इत्यादी अनि संविधान कार्यान्वयन उहाँहरुको महत्वमा छैन ।

९. नेपाली काँग्रेस प्रमुख प्रतिपक्षि दल तर सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसक्नुको कारण क हो ?

सशक्त प्रतिपक्ष भएन भनेर कसले भनेको हो ? नेकपाका अध्यक्षले नेकपाका अध्यक्षले सशक्त भएन काँग्रेसको भूमिका भन्नुहुन्छ । काँग्रेसको भूमिका सशक्त नहुँदा सबैभन्दा उहाँहरुको रुवावासी हुने हो र । सशक्त भयो भनेर उहाँहरु रुइरनु भएको छ । उहाँहरुको बोलीले जसरी काँग्रेसमाथि आक्रमण रुपमा उपस्थित हुनुभएको छ त्यसवाट पनि प्रमाणित हुन्छ काँग्रेस संसद भित्रपनि बाहिर पनि थप सशक्त बन्दै उभिएको छ ।

१०. अहिले काँग्रेसले जनसरोकारका बिषयमा कुनै मुद्धा जोडसँग उठाउन नसक्नु र जनतामा प्रभाव पार्न नसक्नुको कारण कम सिट संख्या नै हो कि अन्तरिक गुटबन्दी ?

सरकारले बजेट ल्यायो । कर बढाउनु भयो । कर बढाएपनि महंगी बढ्छ, मूल्य वृद्धि हुन्छ, जनताले दु:ख पाउछन् । यो नगर्नुस् भनेको सुरुको प्रतिक्रिया हो । बजेट आउने त्रास नै पहिलो प्रारम्भिक प्रतिक्रिया भनेको करको भार बढाउने, मूल्य वृद्धि गराउने बजेट आयो । त्यहि भएको छ । जनताको चिन्ताको विषयमा हामीले जहाँसुकै कुरा गरिरहेका छौ । अस्ती भखर विरोधसभा गरियो भोलि गर्नुपर्ने हुनसक्छ । आन्दोलन तर आज काँग्रेसको विरोध जनताको पक्षमा काम भएन । विकासको काम भएन । बजेटको कार्यन्वयन भएन । संघियताको कार्यन्वयन भएन । तिनैवटा तहको सरकारले आफ्नो अधिकार क्षेत्रमा बसेर काम गर्न पाएन । मूल्यवृद्धि आकाशियो भयो, संविधानमा व्यवस्था गरिएको विभिन्न अंगहरुले आफ्नो स्वतन्त्र भूमिका गर्न पाएनन् । स्थानीय सरकार र प्रदेश सरकारको अधिकार संविधानमा लेखेको छ । त्यो अधिकार उनले प्रयोग गर्न पाएनन् भनेर हामीले जनताको पक्षको मुद्दा उठाइरहेका छौं।

११. नेपाली काँग्रेसमा युवालाई संगठित गरेर अग्र नेतृत्वपंक्तिमा आउने सम्भावना कति छ ? के कस्ता रणनीति अघि सार्दैछ काँग्रेस जसले गर्दा अर्को निर्वाचन बिगतको शाख फिर्ता गर्न सकोस ?

काँग्रेस पार्टीमा युवाहरुको भूमिका कुनै पार्टीको भन्दा बढी रहेको छ । काँग्रेसमा ४० वर्षभन्दा मुनिको मान्छे काँग्रेसको नेतृत्व कति रहेको छ, कुन तहमा छन् कुनै पार्टीमा देखाउनुस् । माओवादीको अलिक नँया आएको हुनाले माओवादी पार्टीमा छ । एमाले अथवा अरु पार्टीमा हेर्नुभयो भने काँग्रेसमा जतिको युवाको भूमिका कुनै पार्टीमा छैनन् । पछि आएका पार्टी मधेस दलका पार्टीहरुमा र माओवादीमा अलिक युवाहरु देखिएको छ । त्यो बेग्लै  कुरा हो ।

१२. अवको वर्षपछि नेपाली काँग्रेसको अवस्था कस्तो हुनेछ ?

नेपालको सबैभन्दा ठुलो वहुमत भएको पार्टी बन्नेछ, हामी बनाउने छौं ।

१३. अन्त्यमा, नेपालपत्र मार्फत आम नेपाली जनतालाई के सन्देश दिन चाहनुहुन्छ ?

मैले भन्ने कुरा यति छ कि केहि दिन उन्मात छ । कम्युनिष्टहरुको यो उन्मातमा संबिधानमाथि आक्रमण हुन्छ कि सवैधानिक निकाय र प्रदेश स्थानीय तहको सरकार संकुचित गर्ने काम हुन्छ कि व्यक्तिको स्वतन्त्रतामाथि आक्रमण हुन्छ कि भन्ने हो । अनि सरकारको विकास निर्माणतिर ध्यान छैन । संविधानिक कार्यन्वयन गर्नेतिर ध्यान छैन । तर चिन्ता नगर्नुस् । काँग्रेस रहुन्जेलसम्म काँग्रेस जनताको पक्षमा, बढो दु:खले बनाएको संविधानको पक्षमा, शान्तिको पक्षमा काम गर्ने छ र त्यो बाटोमा सरकारलाई जान दिदैनौ । संबिधानको रक्षा हुन्छ, कार्यन्वयन हुन्छ । लोकतन्त्रका मूल्य र मान्यतालाई अछुत रुपमा सुरक्षित रहने छन् । अब यतिधेरै लामो सात दशक संघर्षवाट स्थापित भएको राजनीतिक, आर्थिक र सामाजिक आधारवाट सम्बृद्धीको यात्रा निर्णायक रुपले अघि बढ्नेछ । त्यो बाहेक अर्को वाटो सरकारलाई हिड्न दिदैनौ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !