३० कार्तिक २०८१, शुक्रबार

चलचित्र ‘ऐश्वर्य’मा दीपिका बिकिनीमा देखिएपछि…


असोज २३, काठमाडौँ | कात्तिक ९ गतेबाट प्रदर्शन  हुन लागेको चलचित्र ऐश्वर्य युनिट यतिखेर प्रचारप्रचारमा व्यस्त छ । दिवाकार भट्टराईले निर्देशन गरेको चलचित्रका गीत, टिजरबाट  राम्रै प्रतिक्रिया बटुली रहेको छ ।

लामो समय अमेरिका बसेर पुनः नायककै रूपमा नेपाली चलचित्रमा फर्किएका रमेश उप्रेती अभिनीत पहिलो चलचित्र ‘ब्रासलेट’ले अपेक्षाकृत सफलता हासिल नगरेपछि चलचित्र ऐश्वर्य उनका लागि अग्निपरीक्षा हुने विश्लेषण गर्न थालिएको छ।ऐश्वर्यबाट मोडल दीपिका प्रसाई चलचित्रमा नायिकाको रुपमा डेब्यु गर्दैछिन् । यतिखेर चलचित्रको टिजरमा समावेश गरिएको दीपिकाको बिकिनीको दृश्य चर्चाको विषय बनेको छ ।

निर्माण पक्षका अनुसार उनले पहिलो चलचित्रमै बिकिनी लगाउन असहज मानेकी थिइन्। तर पछि उनी बिकिनी लगाउन तयार भएको बताइएको छ ।अहिले तिनै दृश्यको चर्चाले दीपिकालाई ग्ल्यामरस नायिकाका रूपमा चिनाउन थालेको छ । चलचित्र निर्माण युनिटले दीपिकाको बिकिनी दृश्य गोप्य राख्न खोजे पनि छायांकनलगत्तै बाहिरिएको थियो । जसका कारण दीपिका निकै तनावमा परेकी थिइन् ।

बिकिनी दृश्य बाहिरिएपछि दीपिकाले पुनः त्यस्ता दृश्यमा छायांकन गर्न आनाकानी गर्नुका साथै ती दृश्य चलचित्रमा नराखिदिन अनुरोधसमेत गरेको चलचित्र युनिटले जनाएको   छ । यस चलचित्रमा रमेश, दीपिका सँगै प्रशान्त ताम्राकार, केकी अधिकारी निर्मल शर्मा, अर्जुन श्रेष्ठ, केशव भट्टराई, विकास खतिवडा लगायतका कलाकार हरुको पनि अभिनय  रहेको छ । यस चलचित्रले अभिनेता एवं निर्माता रमेश उप्रेती र नवनायिका दीपिका प्रसाईको भाग्य कोर्ने कुरामा दुईमत नहोला  ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !