७ बैशाख २०८१, शुक्रबार

‘जिरे खुर्सानी’ बिहिबारदेखि पुन नेपाल टेलिभिजनमा नै प्रसारण हुने


भाद्र २२, काठमाडौँ | झन्डै साढे एक वर्षदेखि रोकिएको हास्य टेलिशृंखला ‘जिरे खुसार्नी’ बिहीबारदेखि पुनः नेपाल टेलिभिजनमै प्रसारण हुने भएको छ । शृंखलाका निर्देशक तथा प्रमुख अभिनेता जितु नेपाल (मुन्द्रे)ले जिरे खुसार्नी अब हरेक बिहीबार साँझ पौने ९ बजे हेर्न पाइने जानकारी दिए ।

हिला जिरे खुसार्नी जितु र शिवहरि पौडेलले संयुक्त रूपमा निर्देशन गर्दथे । अब भने जितु एक्लैले निर्देशन गर्नेछन् । शिवहरि अन्यत्रै लागेकाले हाललाई उनी शृंखलामा देखिने छैनन् ।

‘विविध कारणले ५१७ भागपछि जिरे खुर्सानी रोकिएको थियो, अब पुनः सुरु हुँदै छ,’ मुन्द्रेले भने, ‘दर्शकलाई अझ मनोरन्जित तुल्याउने उद्देश्य हाम्रो छ ।’

पहिला जिरे खुसार्नी जितु र शिवहरि पौडेलले संयुक्त रूपमा निर्देशन गर्दथे । अब भने जितु एक्लैले निर्देशन गर्नेछन् । शिवहरि अन्यत्रै लागेकाले हाललाई उनी शृंखलामा देखिने छैनन् । मिडिया हबको प्रायोजन रहेको जिरे खुर्सानीमा जितुका साथमा राजाराम पौडेल, सविता गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !