२४ पुस २०८१, बुधबार

फेसबुक लाइभबाट अस्पतालको वार्षिकोत्सव


Facebook

चितवन, २६ चैत । भरतपुर अस्पतालको ५७औँ वार्षिकोत्सव अस्पतालको फेसबुक पेजबाट प्र्रत्यक्ष प्रसारणमार्फत मनाइएको छ । सङ्घीय अस्पतालको मान्यतासहित विकास समितिले समेत पूर्णता पाएको अवस्थामा विगतको भन्दा विशेष कार्यक्रम गर्ने तयारी गरिएको भए पनि कोरोना सङ्क्रमणका कारण फरक ढङ्गले वार्षिकोत्सव मनाइएको हो ।

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले अस्पताललाई मेडिकल कलेजका रुपमा विकास गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पताललाई स्तरोन्नति गरी एक हजार श्ययाको बनाएर मेडिकल कलेजको रुपमा विकास गरिने छ ।” अस्पतालमा कार्यरत अस्थायी, ज्यालादारी कर्मचारीको उचित व्यवस्थापन गरिने उहाँले बताउनुभयो । केन्द्रीय अस्पताल भएकाले यस क्षेत्रको स्वास्थ्य संस्थाको अभिभावकत्व ग्र्रहण गर्दै आम नागरिकलाई स्वास्थ्य सेवा पु¥याउने कार्यमा कटिबद्ध हुने बताउनुभयो ।

सो अवसरमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा श्रीराम तिवारीले गत सात महिनामा बहिरङ्ग सेवामा दुई लाख २० हजार बिरामीलाई सेवा दिइएको, आकस्मिक कक्षमा ३० हजार ८३३ को उपचार गरिएको र दुई हजार २५१ जनाले भर्ना भएर सेवा लिएको बताउनुभयो । देशैभरका बिरामी आउने गरेको भए पनि चितवनसहित १९ जिल्लाका बिरामीको सङ्ख्या धेरै रहेको उहाँको भनाइ थियो ।

तिवारीले गुरुयोजनाअनुसार काम गर्नुपर्ने, स्रोतसाधनको उचित व्यवस्थापन गर्नुपर्ने, करार, अस्थायी कर्मचारीको व्यवस्थापन गनुपर्ने, विशेषज्ञ सेवाका लागि छुट्टाछुट्टै भवन बनाउनुपर्ने जिम्मेवारी आफूहरुसँग रहेको जानकारी दिनुभयो । उहाँले अस्पतालका भवनको रङरोगन यसै वर्ष गर्ने योजना रहेको बताउनुभयो । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार विसं २०१३ मा सामान्य स्वास्थ्य केन्द्रबाट शुरु भएको अस्पताल केन्द्रीय अस्पतालसम्म आइपुगेको हो ।

उल्लङ्घन गर्नेलाई कारवाही
जिल्लाा कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले आह्वान गरेको लकडाउनको उल्लङ्घन गर्ने एक हजार २४१ जनालाई कारवाही गरिएको छ । लकडाउनको अवधिमा ८५८ मोटरसाइकल, २०० स्कुटर, १०६ साइकल नियन्त्रणमा लिई कारवाही गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !