१८ बैशाख २०८१, मंगलबार

कोरोना भाइरसको उपचार असम्भव छ भन्ने गलत प्रचार नगरौं


सञ्चारकर्मी
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

कोरोना भाइरसको उपचार असम्भव छ भन्ने गलत प्रचार नगरौं । कोरोना लागेका व्यक्ति निको भएका छन् भन्ने खबरले मानिसलाई हौसला प्रदान गर्न सकेको देखिन्छ । अन्य सक्रमण भएकालाई पनि उपचार सम्भव छ ।

कोरोना लाग्नासाथ मानिस मर्दैन तर उपचार भने समयमै गर्नुपर्छ । समयमा उपचार नभए मर्न र सक्रमण गराउन सक्छ भन्ने खबर दिनाले समयमा रोगीको उपचार सम्भव छ । समाचार सम्प्रेषण गर्दा यो रोग सरूवा रोग हो यसको नजिक जानुहुदैन गएमा सक्रमण हुनसक्छ भन्ने समाचार गलत छ ।

यस्ता समाचारलाई सुधार गर्दै यो रोग सरूवा रोग हो । रोग लाग्दैमा रोग सर्दैन समयमा होसियार रहन आवश्यक छ । यो रोगमा राम्रो उपचार पाएमा ठिक हुनसक्छ भन्ने गरेका राहत दिनेछ । रोग प्रतिरोधकशक्ति सवल छ त्यसलाई केहि हुदैन तर जसको रोग प्रतिरोधकशक्ति निर्बल छ उसलाई संक्रमण बढेर हानी गर्न सक्छ ।

कोरोना लाग्नासाथ छुनेलाई रोग सर्न सक्छ भन्ने समाचारले डाक्टर र परिवारलाई समेत डर पैदा गर्दछ । रोगको उपचार नभएको भन्ने खबर सम्प्रेषण गर्ने तर नोबेल कोरोनाको उपचार गरेर ठिक भएको खबरलाई सामान्य रूपमा लिनु के जायज छ त ?

विश्वका बिकसित देशका डाक्टरहरु र वैज्ञानिकहरुले कोरोना भाइरस (कोभिड-१९) को भ्याक्सिन पत्ता लगाउन लागि परिरहेका छन् भने कसै-कसैके त कोरोना भाइरस विरुद्धको सम्भावित भ्याक्सिन पत्ता लगाएको दावी समेत गरेका छन् । सवै आशावादी हौ, सकारात्मक सोच राखौ, सिर्जनशील हौ ।

कोरोना भाइरस र नेपालको स्थिति

कोरोना भाइरस संक्रमणबाट सुरक्षित को ?

रोग लाग्नु भन्दा रोग नै लाग्न नदिनु राम्रो

नोवेल कोरोना भाइरसको महामारी र नेपालको अवस्था

कोरोना भाइरसका राम्रा पक्ष र मानव स्वास्थ्यमा यसको असर

कोरोना विरुद्धको सम्भावित भ्याक्सिन पत्ता लगाएको अमेरिकी डाक्टरको दाबी

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !