२२ पुस २०८१, सोमबार

इ-बैंकिंग र अनलाइन कारोवार


इ-बैंकिंग

इ-बैंकिंग (e-banking)

तपाई बैंकको सम्पूर्ण गतिबिधि र आफ्नो वित्तीय कारोबारको विवरण बैंकमा गई लिनुहुन्छ त्यसरी नै  इन्टरनेटको माध्यमवाट संसारको कुनै पनि ठाउँमा बसी आफ्नो सम्पूर्ण बैंकिंग कारोबारको वित्तीय विवरण लेखाजोखा गर्ने पद्दतिलाई नै इ-बैंकिंग भनिन्छ । नेपालको परिपेक्षमा इ-बैंकिंग प्रयोगकर्ता कमै भएपनि, प्राय: बैंकहरुमा यसको सुविधा लिन सकिन्छ ।

यसको लागि तपाई जुन बैंकमा आफ्नो खाता खोल्दै हुनुहुन्छ, त्यसमा खाता खोल्ने फारमको साथ साथै इ-बैंकिंग फर्म पनि सगै भर्नुपर्ने हुन्छ । यदि तपाईको पहिला नै बैंकमा खाता छ भने तपाइले इ-बैंकिंग फर्म मात्र भर्दा पुग्दछ । फर्म भरि सकेपछि बैंकले तपाईलाई एउटा User र Password दिन्छ । त्यस User र Password बाट तपाइले आफ्नो बैंकको सम्पूर्ण वित्तिय कारोबार अनलाइन मार्फत राख्न सक्नुहुन्छ । यस सुबिधाबाट तपाईको समयको बचत हुनुको साथै तपाइले Balance Inquiry (रकम सोधपुछ), Bills Payment (बिल भुक्तानी), Account Transfer (खाताको रकम सार्ने)को साथै Stop Payment (भुक्तानी रोक्ने) सम्म गर्न सकिन्छ ।

सर्बप्रथम तपाइले जुन बैंकमा कारोबार गरि राख्नु भएको छ त्यस बैंक को वेभसाइटमा जानुपर्छ  । त्यसपछी इ-बैंकिंग (internet bank) भन्ने अप्सनमा c।ick गरेपछि त्यहाँ तपाईले User र Password क्रमश राखेपछि log on अप्शनमा click गरेपछि त्यहाँ तपाइको account को सम्पूर्ण विवरण देखाउदछ । अब यदि तपाइले कसैलाई भुकतनी गर्नुछ, भने Third Party Transfer मा गई click गर्नुस र सम्पूर्ण विवरण भरि submit गर्नुस । यदि billpayment गर्नुछ भने त्यसैगरी pay Bill मा गई बिल भुक्तानी गर्न सकिन्छ । तपाइलाई बैंकले दिइएको User र Password अरुलाई दिनु भनेको सादा चेकमा सिग्नेचर(सहि) गरिदिनु बराबर हो त्यसकारण आफ्नो साचो आफैसंग राख्दा अति नै सुरक्षित हुन्छ ।

अनलाइन कारोवार (OnlineTtransaction)

अनलाइन कारोबार संसारका धेरै पूंजी बजारले पालना गरेको प्रणाली हो ।  अनलाइन कारोबार आजको युगमा अति आवश्यक कुरा हो । आफ्नो खाताबाट ब्रोकरको खातामा पैसा पठाईदिने अनि त्यसपछि ब्रोकरले दिएको क्लाईन्ट आईडि र पासवर्डबाट आफै बाई सेल अर्डर हाल्ने । घरमै बसीबसी ल्यापटप वा मोबाईल एपबाट कारोबार गर्न मिल्ने । अनलाइन कारोबार आयो भने ‘रिस्क’ न्यूनीकरण गर्न सकिन्छ ।  अनलाइन कारोबार पारदर्शी हुन्छ । अनलाइन कारोबार प्रणाली संचालनमा आएपछि घरमै बसेर लगानीकर्ताले इन्टरनेटको माध्यमबाट सेयर किनबेच गर्न सक्नेहुँदा लगानीकर्ताले अहिले भोग्दै आएको सास्ती र अनेक समस्या स्वत: समाधान भएर जानेछ । अमेरिका, यूरोपका नेपाली साथीभाईले यहाँको बजारसँग नाता जोड्न चाहान्छन भने उनीहरुको लागि अन्लाईन कारोबार प्रभावकारी हुन्छ । अनलाइन कारोबार प्रणालीले बजारमा आमूल सुधार गर्दछ ।

अनलाइन कारोवार

अहिलेको व्यवस्थामा ब्रोकर संख्या दोब्बर बनाएपनिसबै बैंकलाई लाईसेन्स दिएर पनि पूँजी बजार विस्तारमा खासै ठुलो फरक पर्दैन । अनलाइन कारोबार आएमा सम्पुर्ण नेपालीको घरघरमा बसेर कारोबार गर्ने सुविधा पुग्छ । जसले बजारलाई व्यापक रुपमा विस्ताए गर्न मदत गर्छ । तर शुरुवाती चरणमा ब्रोकरलाई भने केही गारो हुने देखिन्छ, क्लाईन्ट लाई दिने सफ्टवेयर बनाउन निकै ठुलो पैसा खर्च हुने गर्दछ र प्रत्येक महिना त्यसको रेखदेखखर्च लाख माथि पुग्छ । अन्लाईन कारोबारको सरुवात भएमा राम्रै भोलुममा क्यापिटल इनफ्लो हुने निश्चिति छ र हाम्रो पुजी बजारले नयाँ उचाई लाग्नेछ । काठमाडौंमा जनसंख्या अत्याधिक छ तर नेपालका दुर्गम क्षेत्रमा किन मान्छे जान चाहन्न भने त्यहा सुविधाको अभाव छ । जती बजारमा सुविधा वृद्धि हुँदै जान्छ त्यति नै यो क्षेत्रमा लगानीकर्ताको भित्रीने क्रममा वृद्धि हुन्छ ।

यो पनि पढ्नुहोस् 

डिजिटल सिग्नेचर र नेपालमा यसको अवस्था


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !