
काठमाडौं । सरकारले टेलिग्राम एपमाथि प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै टेलिग्राम एप बन्द गराएको हो ।
प्राधिकरणले सूचना जारी गर्दै सेवा प्रदायकहरुलाई टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको हो । उक्त एपमार्फत अनलाइन फ्रड तथा मनी लाउन्डरिङ गरेको आरोप लगाइएको छ ।
प्राधिकरणले एप तत्काल बन्द गर्न सबै दूरसञ्चार सेवा प्रदायकलाई निर्देशन समेत दिएको छ । टेलिग्राम युवाबीच निकै लोकप्रिय एप हो । यसमा विभिन्न फिल्म लगायतका सामग्री आदानप्रदान हुने गरेको थियो ।
प्राधिकरणले जारी गरेको सूचनामा टेलिग्राम एपमार्फत अनलाइन ठगीको संख्या निरन्तर बढिरहेको भन्दै भनिएको छ, ‘सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर अपराधमा संलग्नता समेत रहको बुझिन आएको उक्त टेलिग्राम एपको पहुँचमा रोक लगाउने/बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसंचार सेवा प्रदायकहरुलाई यसै सूचनामार्फत निर्देशन गरिएको छ ।’