काठमाडौं । नेपाल टेलिकमले लगानीकर्तालाई ३० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । टेलिकमले आव २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई प्रतिसेयर ३० रुपैयाँ नगद लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले २८ पुसका दिन साधारणसभा समेत आह्वान गरेको छ । कम्पनीले लाभाशं प्राप्त गर्न १७ पुससम्मको समयावधि तोकेको छ । १८ पुसदेखि २८ पुससम्म बुक क्लोज हुने समेत कम्पनीले जनाएको छ । नेपाल टेलिकमको लाभांश गत आर्थिक वर्षको तुलनामा भने घटेको छ ।
गत वर्ष टेलिकमले प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश दिएको थियो । आइतबार १ बजेसम्म नेपाल टेलिकमको मूल्य प्रतिसेयर ९४९ रुपैयाँमा कारोबार भइरहेको छ ।