२६ पुस २०८१, शुक्रबार

सरकारी कार्यालयमा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका मन्त्रिपरिषदबाट पारित


मन्त्रिपरिषद बैठक

काठमाडौँ । सरकारी कार्यालयमा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका मन्त्रिपरिषदबाट पारित भएको छ । सरकारले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धि निर्देशिका २०८० स्वीकृत गर्ने निर्णय गरेको हो ।

आज बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उक्त निर्देशिकाले सरकारी कार्यालयहरुमा सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्ने छ ।

यस्तै मन्त्रिपरिषद बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ दफा २ को खण्ड ख, को प्रयोजनको लागि राष्ट्रिय जनगणना २०७८ को कुल जनसंख्याको ०.५ प्रतिशत भन्दा कम जनसंख्या रहेका अल्पसंख्यक जातजाति (दलित बाहेक) लाई अल्पसंख्यकका रूपमा तोक्ने निर्णय पनि गरेको छ ।

त्यस्तै मन्त्रिपरिषद बैठकले अपांगता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति २०७९ स्वीकृत गर्ने निर्णय भएको छ । साथै मन्त्रिपरिषदले राष्ट्रिय बालबालिका नीति २०७९ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !