काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तीन महिनाभित्र सामाजिक सञ्जाललाई नेपालमा दर्ता र सूचीकरण हुन निर्देशन दिएको छ ।
सामाजिक सञ्जाल कम्पनीहरूलाई “सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८०” अनुसार सञ्चालनमा आउन मन्त्रालयले सम्बन्धित कम्पनीहरूलाई निर्देशन दिएको हो ।
यससँगै हाल सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्मले मसिंर १५ गतेको मितिले तीन महिनाभित्र मन्त्रालयमा सूचीकरण हुनुपर्ने मन्त्रालयले भनेको हो । तीन महिनाभित्र सूचीकरण नहुने सामाजिक सञ्जाल प्लेटफर्मलाई मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने बताएको छ ।