१९ बैशाख २०८१, बुधबार

नेपाल टेलिकमको कुल आम्दानी बढ्यो, नाफा भने घट्यो


नेपाल टेलिकम

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको कुल आम्दानी बढे तापनि नाफा भने घटेको छ । रोमिङ सेवाको बढ्दो प्रयोग, विदेशी विनिमय दरमा भएको परिवर्तन, ओटीटी सेवाको प्रयोगमा भएको वृद्धिजस्ता कारणले मुनाफा घटेको टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमको आ.व.२०७९/८० को चौथो त्रैमासिकको वित्तीय विवरणको सारांश

(क) आय

१. गत आ.व.को आषाढ मसान्त (२०७९आषाढ) सम्मको कुल आय रु.४४अर्व ३७ करोड ४६ लाख ५६ हजार रहेकोमा चालु आ.व.को सोही अवधि (२०८०आषाढ मसान्त) सम्ममा कुल आयरु. ४९ करोड ३६ लाख १६ हजार (अर्थात् १.११प्रतिशत ) ले वृद्धि भई रु.४४अर्व ८६ करोड ८२ लाख ७३ हजार रहेको ।

२.गतआ.व.कोआषाढ मसान्त (२०७९ आषाढ) सम्ममा कम्पनीको कुल सञ्चालन आय रु ३७ अर्व ९१ करोड ९७ लाख ८९ हजार रहेकोमा चालु आ.व.को सोहि अवधि (२०८०आषाढ मसान्त) सम्ममा रु १अर्व ११ करोड ५८ लाख ५८ हजार (अर्थात, २.९४ प्रतिशत) ले कमी भई रु ३६ अर्व ८० करोड ३९ लाख ३० हजार रहेको ।

(ख) मुनाफा

१. गत आ.व.को आषाढ मसान्त (२०७९आषाढ) सम्मको खुद मुनाफा रु ८ अर्व ४७ करोड ७लाख ३३ हजार रहेकोमा चालु आ.व.को सोही अवधिसम्म (२०८०आषाढ मसान्त) मा रु.६६ करोड ६२ लाख ७ हजार (अर्थात,७.८६ प्रतिशत) ले कमि आई रु ७अर्व ८० करोड ४५ लाख २६ हजार रहेको ।

२. कम्पनीको प्रतिशेयर आम्दानी यस वर्षरु.४३.३६ रहेको ।

(ग) गत आ.व. को तुलनामा चालु आ.व.को खुद मुनाफा परिवर्तन हुनुका प्रमुख कारणहरु

– रोमिङ सेवाको बढ्दो प्रयोगको कारण यस वर्षको आयमा गत वर्षको तुलनामा २२ करोड ४६ लाख वृद्धि भएको । गत वर्षको तुलनामा सेवा संचालनसंग प्रत्यक्ष रुपमा सम्बन्धित खर्चहरुमा वृद्धि भएको । बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब रु. १ अर्ब ८५ करोड ७७ लाखले वृद्धि भएको ।

– बिदेशी विनिमय दरमा भएको परिवर्तनकोकारण रु.२२ करोड २४ लाख Foreign Exchange Gain भएको ।

– Domestic अन्तरआवद्धता शुल्क (Tariff) मा परिमार्जन भएको । कम्पनीद्वारा व्यापक रुपमा देशैभरी फोरजीसेवा विस्तारसँगै डाटाको पहुँचमा वृद्धि भएको र सस्तोदरका डाटा प्याकेजहरु बढ्दै गएको कारण OTT सेवाको प्रयोगमा थप वृद्धि भएको कारण अन्तरआवद्धता आयमा करिब रु. ६८ करोड ३७ लाखले कमी भएको ।

– मौसमको प्रतिकुल असरले गर्दा बिद्युत आपुर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकोले साईटहरु समयमा संचालन हुन नसकेको ।

-आर्थिक ऐन, २०७९ बाटदूरसंचार सेवा दस्तुरमा भएको परिवर्तनको कारण राजस्वमा तुलनात्मक रुपमा कमी आएको ।

– COVID-19 को कारण बिगत केहि वर्ष देखि संचालन हुन नसकेको क्षमता अभिवृद्धिका कार्यक्रमहरु यस वर्ष संचालन हुनु र गतवर्ष कर्मचारीहरुको तलबमा भएको वृद्धिको कारण यस वर्षकर्मचारीसंग सम्बन्धित निवृत्तिभरण व्यवस्थामा वृद्धि भएको ।

– विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडाकार्यालयले गर्ने केबल व्यवस्थापन कार्यक्रममा कम्पनीले सेवाप्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुग्ने गरेको तथा नेटवर्क विस्तारमा समेत प्रभाव परेको ।

– ‘राष्ट्रको सञ्चार’ भएकाले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !