१२ श्रावण २०८१, शनिबार

मुलुकभर टेलिकमको एफटीटीएच सेवाको विस्तार तीब्र रुपमा


नेपाल टेलिकम

काठमाडौँ । नेपाल टेलिकमले अत्याधुनिक दूरसञ्चार सेवाहरु उपलब्ध गराउने क्रममा मुलुकभर एफटीटीएच सेवाको विस्तार तीब्ररुपमा गरिरहको टेलिकमका प्रवक्ता शोभन अधिकारीले आज प्रेस विज्ञप्ति जारी गर्दै बताएका छन् ।

यसका बाबजुद अझै पनि ग्राहकको मागबमोजिम केही स्थानहरुमा यस सेवाको पहुँच स्थापित गर्ने क्रम जारी नै रहेको अधिकारीले जानकारी दिएका छन् । सेवाग्राहीहरुको मागलाई मध्यनजर गर्दै यस सेवाको उपलब्धताका सम्बन्धमा निःशुल्क नम्बर १९८–१(१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरी १ डायल गरी) मा डायल गरी ग्राहक सेवा केन्द्रका प्रतिनिधिर्फत आवश्यक जानकारी प्राप्त गर्न एवं सेवाको मागदर्ता गर्न सकिने व्यवस्था मिलाइएको उनले बताए ।

भोलि असाए ११ गतेदेखि एफटीटीएच सेवाप्राप्त गर्न चाहने मुलुकभरका सेवाग्राहीहरुले १९८–१ डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै मागदर्ता गर्न सकिने छ । ती स्थानहरुमा कम्पनीले यथासम्भव छिटो एफटीटीएच जडान गर्नेछ ।

नेटवर्क नभएका स्थानमा सम्भव भएसम्म पूर्वाधार निर्माण गरी एफटीटीएच सेवा उपलब्ध गराउने छ । एफटीटीएच सेवामा एउटै फाइबरबाट टेलिफोन, तीब्र गतिको इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !