३ असार २०८१, सोमबार

भिभो भी २५ सिरिज : उत्कृष्ट क्यामेरा विशेषताका साथ परिष्कृत एवं आकर्षक स्मार्टफोन


भिभो भी२५ सिरिज

काठमाडौं । हामी उत्साहपूर्वक व्यक्तिगत रूपमा आफूलाई अभिव्यक्त गर्न, अरु भन्दा भिन्न पहिचान बनाउँन र अरुको स्मरणमा रहने विभिन्न तरिकाहरू खोज्छौं । बढ्दो जागरूकता र आफ्नो पहिचान बनाउने दृढताको साथयुवा पुस्ताहरू आफूलाई आफूले चाहेको तरिका व्यक्त गर्न प्रतिबद्ध छन् ।

तसर्थ स्मार्टफोनहरूमा प्रदर्शन, गति, स्टोरेज, डिजाइन, र मूल्य जस्ता सबै पक्षहरुलाई मध्यनजर गर्दै नविनतम टेक्नोलोजीमा केन्द्रित हुनु बहु-आयामी हो । त्यसैले, एक अग्रणी स्मार्टफोन ब्रान्डको रूपमा, भिभोले आजका युवाहरूलाई उनीहरूको व्यावसायिक र व्यक्तिगत प्रयासहरूमा सशक्त बनाउन आफ्नो आविष्कारहरू समर्पित गर्दै आइरहेको छ ।

भीसिरिजका प्रत्येक स्मार्टफोनमा पूर्ववर्ती भन्दा केहीनयाँ र अद्वितीय विशेषताहरु थप्नका साथै डिजाइन र कार्यसम्पादनको बीचमा राम्रो सन्तुलन कायम गरेर अझ आकर्षक बनाइएको छ । त्यस्तै, पछिल्लो भीसिरिजका स्मार्टफोनहरू-भी२५ फाइभजी र भी२५ ईले उत्कृष्ट स्टाइल र डिजाइनमा अन्य सबैलाई उछिनेका छन् ।

भिभो भी२५सिरिजमा अद्भूत कलर-चेन्जिङ ग्लास प्रविधि समावेश गरिएको छ, जसले सूर्यको प्रकाशमा पर्दा स्मार्टफोनको रङलाई नयाँ रङमा परिवर्तन गर्दछ। एउटै ह्यान्डसेटमा दुईवटा रङको सम्भावनालाई समावेश गरेर, भिभोले विविधता र नवीनताको अर्थलाई पुनः परिभाषितगर्दै नयाँ उपलब्धिलाई सफलतापूर्वक मापन गरेको छ ।

भिभो भी२५सिरिजले आफ्नो रङ परिवर्तन गर्ने प्रविधिको माध्यमबाट बोल्ड अभिव्यक्ति झल्काएको छ । साथै, यसले फ्ल्याट फ्रेम र फ्लोराइट एजीग्लास पनि प्रदान गर्दछ जुन फिंगरप्रिन्ट प्रतिरोधी छ र मिनिमलिस्टिक, परिष्कृत एवं स्टाइलिश लुकको साथस्थिरता सुनिश्चित गर्दछ । कार्यक्षमताको सन्दर्भमा, यी सुविधाहरूले स्मार्टफोनलाई पकड्न र बोक्न सजिलो बनाउँदछ ।

नयाँ भी २५ सिरिज उत्कृष्ट क्यामेरा क्षमताहरू र सहज इमेजिङ प्रविधिको साथ आउँछ । भी २५ फाइभजी र भी २५ ईमा ६४ एमपीओआईएस अल्ट्रा-सेन्सिङ रियर क्यामेरा छ जसले कम प्रकाशमा पनि अल्ट्रा-एचडीफोटाहरू र भिडियोहरू खिच्दछ । पछाडिको क्यामेराले प्रयोगकर्ताहरूलाई हाइब्रिड इमेज स्थिरता प्रदान गर्दछ जसले अप्टिकल इमेज स्थिरीकरण (ओआईएस) र इलेक्ट्रोनिकइमेज स्थिरीकरण (ईआईएस) को संयोजनले क्यामेरा हल्लिरहेको बेलामा पनि स्पष्ट भिडियोहरू खिच्न मद्दत गर्दछ रप्रयोगकर्ताहरूलाई जीवन्त विवरणहरूसहित भिडियोहरू रेकर्ड गर्न अनुमति दिन्छ ।

भिभो भी२५ सिरिज

भी२५ सिरिजमा बोकेह फ्लेयरपोट्र्रेट छ जसले डुअल क्यामेरा प्रणाली र एआई एल्गोरिदमको प्रयोग गरेर प्वाइन्ट लाइट स्रोतहरूलाई ब्याकग्राउन्डमा प्रशोधन गरी शुन्दर फ्लेयर बोकेहमा परिणत गरी रात्रिफोटोग्राफीको अनुभवलाई उत्कृष्ट बनाउँछ र आकर्षक तस्बिरहरू लिन मद्दत गर्दछ । त्यस्तैभी २५ फाइभजीमा ५० एमपी अटोफोकश एचडीपोट्र्रेटफ्रन्ट क्यामेरा रहेको छ जसले उत्कृष्ट सेल्फीअनुभव प्रदान गर्दछ ।

भी२५ई मा ३२ एमपी एफएफफ्रन्ट क्यामेरा प्रदान गर्दछ जसले आफ्ना प्रयोगकर्ताहरूलाई फोटोग्राफी मापदण्डहरू पुनः परिभाषित गर्न उत्कृष्ट-इन-क्लास इमेजिङ प्रविधि प्रदान गर्दछ । त्यस्तै प्रिमियम क्वालिटीको भिडियोहरु सहजै बनाउँनका लागि भिभोभी २५ सिरिजमा उन्नत भिडियो-सम्पादन सफ्टवेयर छ ।

भिभो भी२५ सिरिजमा ४४ वाट फ्ल्यास चार्जछ जसलेफोनलाई छिटो र प्रभावकारी रूपमाचार्ज गर्न सक्षम बनाउँछ । त्यस्तै४५०० एमएएच को विशाल ब्याट्रीले प्रयोगकर्ताहरूलाई बिनाकुनै चिन्ता आफ्नो उपकरणहरूमा रमाइलो गर्न र अधिक समय बिताउन अनुमति दिन्छ । भी २५ सिरिजको उच्च कार्यसम्पादनको बारेमा कुरा गर्दा, दुबै स्मार्टफोनहरूमा शक्तिशाली प्रोसेसरहरू छन्-भी२५ फाइभजीमामिडियाटेक डाइमेन्सटी ९००प्रोसेसर छ र भी२५ ईमामिडियाटेक हेलियो जी९९प्रोसेसर रहेको छ । साथै स्मुदपर्फमेन्शका लागि दुवै स्मार्टफोनमा एक्सटेन्डेड र्याम ३.० रहेको छ जसले यी स्मार्टफोन दैनिक प्रयोगका लागि उत्कृष्ट छनोट बनाउँछ ।

भिभोका स्मार्टफोनहरू भव्य डिजाइन, उत्कृष्ट कार्यसम्पादन र अनुपम शक्तिका पाउँन सकिन्छ । यसले नवीनतम आविष्कारहरूद्वारा स्मार्टफोन बजारमा आफ्नो अलग पहिचान बनाएको छ र नयाँ भिभो भी २५ सिरिजले उपभोक्ताहरूलाई उद्योगकै सर्वोत्कृष्ट प्रविधि र डिजाइन उपलब्ध गराउँदै यस यात्रामा अर्को कोसेढुङ्गा बन्ने प्रतिज्ञा गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !