७ बैशाख २०८१, शुक्रबार

ब्रोडवे इन्फोसिसले आइसिटी अवार्डमा ट्रेनिंङ पार्टनरको रुपमा सहकार्य गर्ने


ब्रोडवे इन्फोसिस

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित ‘आइसिटी अवार्ड’को सातौं संस्करणका लागि ट्रेनिंङ पार्टनरको रुपमा ब्रोडवे इन्फोसिस रहने भएको छ ।

मंगलवार ब्रोडवे इन्फोसिस सिइओ राजु अधिकारी र आइसिटी अवार्डका संयोजक राजन लम्सालबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो । आइसिटी अवार्ड २०२२ को ‘ट्रेनिंङ पार्टनरको’को रुपमा ब्रोडवेले अवार्डमा सहभागी बिद्यार्थीको लागि डिजिटल स्किल डेभलपमेन्टको लागि पनि सहयोग गर्नेछ ।

ब्रोडवे इन्फोसिस अग्रणी आइटी ट्रेनिंङ कम्पनी हो, जसले सन् २००८ देखि प्रोफेसनल कोर्सहरु मार्फत १० हजार बढी बिद्यार्थीलाइ स्किल बिकास गर्दै सर्टिफाईड र जब प्लेसमेन्टमा काम गरिसकेको छ । कम्पनी आइएसओ ९००१:२०१५ बाट सर्टिफाइड भएर बजारमा अग्रणी ट्रेनिंङ कम्पनिको रुपमा काम गरिरहेको कम्पनीले विदेशमा रहेका बिद्यार्थी तथा प्रोफेसनलको लागि पनि अनलाइन तालिमहरु प्रदान गरिरहेको छ ।

ब्रोडवेमा ७० बढी दक्ष प्रोफेसनल मार्फत अफलाइन तथा अनलाइनमा १०० बढी कोर्षहरु संचालन गरिरहेको छ । कम्पनीले बिध्यार्थीसँगै सरकारी तथा निजि कर्मचारीहरुको लागि विभिन्न तालिमहरु संचालन गर्दै आएको छ ।

सन् २०१६ बाट सुरु भएको ‘आइसिटी अवार्ड’को सातौं संस्करणको रुपमा यस वर्ष विभिन्न १२ विधामा छनौट प्रक्रिया सुरु भएको छ । यस वर्ष दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुको लागि ‘साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२’ पनि आयोजना हुदैछ ।

लिभिङ विथ आइसिटीको मुख्य आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुने आइसिटी अवार्डको छनौट प्रकृयामा १३ जना बिज्ञ जुरी सदस्य र १५ जना बिशिस्ट सल्लाहकारहरु रहेका छन । यस वर्ष साउथ एसिया वाहेक अन्य ११ विधामा ४०० बढिको नोमिनेसन प्राप्त भएको छ भने साउथ एसिया अवार्डको लागि सेक्टेम्बर ३० तारिखसम्म नोमिनेसन खुल्ला रहेको छ ।

आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले २०७९ पुस ८ (२३ डिसेम्बर, २०२२) गते द सोल्टी काठमाण्डौमा आयोजना हुनेछ । यसैगरी प्रि इभेन्ट क्याम्पियनको रुपमा कार्तिक तेस्रो साता देशैभरीका १०० भन्दा बढि डिजिटल स्टार्टअपहरुको प्रदर्शनी तथा मेन्टरिङ सेसनको रुपमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !