२६ पुस २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले गरे ‘नागरिक एप्स’ को औपचारिक उद्धघाटन


केपी शर्मा ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नागरिक एप्स’ को औपचारिक उद्धघाटन गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७८’ का अवसरमा आयोजना गरेको कार्यक्रममा बालुवाटारवाटै प्रधानमन्त्रीले औपचारिक उद्धघाटन गरेका हुन् ।

“सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ प्रधानमन्त्री ओलीले औपचारिक उद्धघाटन गरेको ‘नागरिक एप’प्रति प्रयोगकर्ताको आर्कषण देखिएको छ ।

यो नागरिक एप्सको प्रयोग गरेर उपभोक्ताले तत्कालको लागि नेपाल बैंक लिमिटेड र सिद्धार्थ बैंक गरी दुई वटा बैंकमा खाता खोल्न सक्नेछन् भने बिस्तारै अरु बैंकमा पनि खाता खोल्न सकिने व्यवस्था मिलाइनेछ ।

‘समृद्ध नेपालको आधार, सूचना तथा सञ्चार प्रविधिको विस्तार’ भन्ने मूल नाराका साथ मनाउन लागिएका यस दिवसका अवसरमा सुशासन, दिगो विकास एवम् गरिबी न्यूनीकरणका लक्ष्यहरु हासिल गर्ने मूल उद्देश्य प्राप्तिका लागि सरकारले सो कार्यक्रमलाई पूर्ण रुपमा कार्यान्वयनमा लैजाने सङ्कल्प लिएको छ ।

नेपाल सरकारबाट प्रदान गरिने विभिन्न सेवालाई सरल, पारदर्शी र प्रभावकारी बनाउन सो एप ल्याइएको हो । सूचना प्रविधिमैत्री नेपाल निर्माणका लागि सरकारले अनलाइनबाटै सबै सरकारी सेवा नागरिकलाई प्रदान गर्न ‘नागरिक एप’ सञ्चालनमा ल्याएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !