![nepal-telecom](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2017/11/nepal-telecom.jpg?fit=631%2C320&ssl=1)
कात्तिक २३, काठमाडौँ । नेपाल टेलिकमले हाल उपलब्ध गराएको ‘प्रमोसनल अफरहरुलाई थप तीन महिनाका लागि निरन्तरता दिएको छ । कम्पनीले अलटाइम डाटा प्याकेज, नाइट डाटा प्याकेज, फोरजी डाटा प्याक, नाइट भ्वाइस प्याक, सियुजी प्याकेज, फेसबुक/इन्स्टाग्राम डाटा प्याकलगायत १० किसिमका अफरहरुलाई निरन्तरता दिएको जनाएको हो ।
उपभोक्ताहरुले अत्यधिकरुपमा रुचाएकाले यी अफरलाई निरन्तरता दिइएको कम्पनीको भनाइ छ । यी अफर २०७४ माघ २४ गतेसम्म कायम रहने टेलिकमले जनाएको छ ।