३ जेष्ठ २०८१, बिहिबार

गुल्मीमा क्वारेन्टाइनमा बसेका व्यक्तिले गरे आत्महत्या


आत्महत्या

गुल्मी, जेठ १७ । गुल्मी जिल्लाको क्वारेन्टाइनमा बसेका १ जना पुरुषले आत्महत्या गरेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका-४ आर्दश माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका ५६ वर्षका चन्द्रबहादुर परियारले शनिबार राती आत्महत्या गरेको छत्रकोट गाउँपालिकाका सूचना अधिकारी विष्णु प्रसाद ज्ञवाली पुष्टि गरेका छन् ।

सूचना अधिकारी ज्ञवालीका अनुसार आज राती ९:३० बजे खाना खाने समयमा शौच गर्न भनी उनी निस्केका थिए । नजिकै रहेको रुखमा गम्छाले पासो लगाई झुन्डिएर उनले आत्महत्या गरेका हुन् । अबेरसम्म खाना नआएपछि खोज्ने क्रममा रुखमा झुण्डीएको अबस्थामा उनी फेला परेका थिए ।

शवलाई पोस्टमार्टमका लागि गुल्मी अस्पताल ल्याइँदै गरेकोसूचना अधिकारी ज्ञवालीले जानकारी दिएका छन् । उनी सोही वडा-४ को भएका र आजै शनिबार बिहान भारतबाट आएका हुन् । घटनाबारे थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय गुल्मीले गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !