७ बैशाख २०८१, शुक्रबार

दक्षिणकालीमा भेटिएको शवको पहिचान, युट्युबमा भाइरल सन्तोषी सुब्बा भएको पुष्टि


सन्तोषी सुब्बा

काठमाडौँ । दक्षिणकाली मन्दिर नजिकै रहेको पार्किङ छेउको सौचालयमा हत्या गरेर फालिएको अवस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ । उनी काठमाडौं कालोपुल बस्ने २५ वर्षीया सन्तोषी सुब्बा भएको प्रहरीले जनाएको छ ।

कालोपुलमा बस्दै आएका धनबहादुर तामाङले उनलाई धर्मछोरी बनाएर आफूसँगै राखेका थिए । उनलाई पनि प्रहरीले पक्राउ गरेको छ । अनुसन्धानका लागि पक्राउ गरिएको बताउने प्रहरीले उनको संलग्नता नदेखिएको बताइएको छ । उनी धनबहादुरसँग १५/१६ वर्षदेखि बस्दै आएको देखिएको छ ।

काठमाडौं प्रहरीका प्रमुख एसएसपी अशोक सिंहले उक्त शव पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको रहेको पत्ता लागेको जानकारी दिए ।

उनी केही समयअघि सामाजिक सञ्जालमा भाइरल भएकी थिइन् । गलाबाट थरीथरीका आवाज निकाल्ने गरेका कारण उनी भइरल भएकी थिइन् । उनले दिएको अन्तरवार्ता समेत अहिले युट्युवमा हेर्न सकिन्छ । उनले कोइली, काग, कुखुरा, ढुकुर लगायतको आवाज निकालेको भिडियोहरु सामाजिक सञ्जालमा छन् ।

दक्षिणकाली मन्दिरको शौचालयमा मुखका गह्रुंगो वस्तुले प्रहार गरेको अवस्थामा शव फेला परेको थियो । प्रारम्भिक अनुसन्धानमा हत्या गरेर फालेको निष्कर्ष प्रहरीले निकालेको छ । मंगलबार शव भेटिएको ती महिला घरबाट तीन दिनदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ । तामाङले उनी आफ्नो सम्पर्कमा तीनदिनबाट नरहेको बताएको प्रहरीले जनाएको छ ।

धनबहादुरलाई आफू ‘गंगटो’ खोज्न जान्छु भन्दै निस्किएको प्रहरीले जनाएको छ । उनको सन्तोषीको घाँटीमा सलले कसिएको र अनुहार चिन्न नसक्ने गरी किचिएको थियो । घटनास्थलमा एउटा बट्टामा एउटा गंगटो समेत फेला परेको छ । मास्क र चप्पल पनि प्रहरीले बरामद गरेको छ ।

प्रहरीले उनको हत्या अवैध सम्बन्धले भएको हुन सक्ने बताएको छ। यद्यपी पोस्र्टमार्टम रिपोर्ट भने आउन बाँकी छ । प्रहरी स्रोतका अनुसार उनको पेट बढेको जस्तो देखिएकाले उनी गर्भवती भएको हुन सक्ने पनि आशंका गरेका हुन् । अवैध सम्बन्ध खुल्ने डरले पनि उनको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !