२ मंसिर २०८१, आइतबार

श्रीमती हत्या अभियोगमा जेलमा रहेका पूर्वडीआईजी कोइराला ८ वर्ष ६ महिनापछि रिहा


रञ्जन कोइराला

काठमाडौँ, साउन ८ । सर्वोच्च अदालतको आदेशपछि ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला जेलमुक्त भएका छन् । उनी आज बिहीबार बिहान ११ : ५० बजे कोइराला डिल्लीबजार कारागारबाट छुटेका हुन् । उनी डिल्लीबजार कारागारमा रहेका छन् ।

केही दिनअघि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सहितको इजलासले सर्वस्वसहित जन्मकैदको सजाय पाएका कोइरालाको बाँकी कैद मिनाह गरेको थियो । कोइराला पत्नी गीता ढकालको हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए ।

२०६८ साल माघमा उनले श्रीमती गीताको हत्या गरेका थिए । राजधानीमा श्रीमतीको हत्यापछि गाडीमा राखेर मकवानपुर लगि जलाएको अभियाेगमा उनी दाेषी ठहर भएका थिए । कोइरालाले मकवानपुरको टिस्टुङ पालुङमा हत्या गरी जलाएर फर्किँदै गर्दा २०६८ साल माघ २८ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

श्रीमतीको हत्या गरी शव समेत नष्ट गरेका तत्कालीन डीआईजी रञ्जन कोइरालालाई जन्मकैद हुने सजाय घटाएर सर्वोच्च अदालतले साढे ८ वर्ष मात्रै कैद सजाय सुनाएको हो । सर्वाेच्चले असार दोस्रो साता गरेको फैसलाका आधारमा कोइराला आज बिहीबार कैदमुक्त्त भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !