१२ बैशाख २०८१, बुधबार

बझाङमा कोरोना पुष्टि भएपछि १ जना युवकले गरे आत्महत्या


आत्महत्या

बझाङ, असार १९ । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण पुष्टि भएपछि १ जना युवकले आत्महत्या गरेका छन् । बझाङको खप्तडछान्ना गाउँपालिका-७ मा आइसोलेसनमा रहेका १ जना युवकले आज शुक्रवार आत्महत्या गरेका छन् ।

खप्तड छान्ना गाउँपालिका ७ गडराय घर भएका १८ वर्षीय युवकको बिहीबार कोरोना रिपोर्ट पोजेटिभ आएपछि घरबाट भागेर नजिकैको जंगलमा पुगी आज बिहान आत्महत्या गरेको प्रहरीले जनाएको छ । मृतक भारतबाट आएर जेठ १९ गतेदेखि जयपुर लामागडा प्राथमिक विद्यालयमा रहेको क्वारेन्टिनमा बसेका थिए ।

क्वारेन्टिनमा बसेका अरु सबैको रिपोर्ट आएपछि घर जाँदा एक्लै हुने भनि ती युवक पनि तीन दिनअघि घर गएका थिए । हिजो रिपोर्ट पोजिटिभ आएपछि आज बिहानै उनले आत्महत्या गरेको गाउँपालिकाका अध्यक्ष वर्कबहादुर रोकायाले बताए।

जुन क्वारेन्टिनमा रहेका २५ जनामध्ये कोरोना चेकजाँच गर्दा ५ जनाको आरडिटी रिपोट पोजेटिभ आएपछि पिसीआर गर्दा रावतको मात्र पोजेटिभ देखिएको थियो । गाउँपालिकाका अनुसार कोरोना पुष्टि भएर एक्लै बस्दा उनले आत्महत्या गरेका हुन्। मृतकको शव घटनास्थलमै रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !