१३ बैशाख २०८१, बिहिबार

गोरखामा पहिरोले घर भत्काउँदा २ जनाको मृत्यु


गोरखामा पहिरो

गोरखा । गोरखाको सिरानचोकमा पहिरोमा परेर २ जनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका-७ उपल्लो गोहारेमा पहिरोले घर भत्काउँदा एक दम्पतीको मृत्यु भएको हो ।

गएराति स्थानीय ८६ वर्षका रमण पाण्डे र उनको पत्नी नन्दकुमारी पान्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । शुक्रबार मध्यराति घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा च्यापिएर मृत्यु भएको हो ।

उनीहरु २ जना मात्र घरमा भएकोले पहिरो खसेर घर पुरिएको बिहान मात्र थाहा भएको हो । चार घण्टा लगाएर केही उनीहरुको शव निकालिएको हो । ६० मिटर माथिबाट खसेको पहिरोले घर च्यापिएर उनीरुको मृत्यु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु