१३ बैशाख २०८१, बिहिबार

राजमार्गमा पहिरो


धादिङ । वर्षाका कारण पृथ्वीराजमार्गको मलेखु मुग्लिन क्षेत्रमा बिहिबार राति पहिरो गएर सडकमा अवरोध पुगेपछि राजमार्गमा यातायात साधन गुड्न पाएका छैनन् ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका १० जवाङखोला र तिकराङमा सडक माथिबाट पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक महेन्द्र खड्काले बताउनु भएको छ । राजमार्गको सडक माथिबाट ठाउँठाउँमा पहिरो खसेर अवरुद्ध भएको प्रहरीले जनाएको छ । वर्षा जारी रहेकाले पहिरो हटाउनसमेत समस्या भएको छ । गल्छी गाउँपालिकाको बेरैनीमा सडक माथिबाट लेदो बगेर बाटो बन्द भएको छ । राजमार्गमा पहिरो हटाउन ठाउँठाउँमा डोजर राखिएको र पहिरो आउने बित्तिकै हटाउने गरिएको जिल्ला प्रहरी प्रमुख खड्काको भनाइ छ ।

अबिरल वर्षाका कारण मलेखु, ताल्ती, बेल्खु खोलामा ठूलो बाढी आएकाले खोला छेउमा बसीरहेका केहीले घर छाडेर सुरक्षित ठाउँमा गएका छन् ।

नदीमा डुबेर एक बेपत्ता
त्रिशूली नदीमा माछा मार्न गएका एक युवा बिहिबार बिहानदेखि नदीमा डुबेर बेपत्ता भएका छन् ।

धादिङको बेनिघाटरोराङ गाउँपालिका विशालटारनिवासी २२ वर्षीय लक्ष्मण बिसुराल त्रिशूली नदीमा बेपत्ता भएको प्रहरी उपरिक्षक खड्काले बताउनु भयो । त्रिशुलीमा एक महिनामा तीन जना बेपत्ता भइसकको छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !