६ जेष्ठ २०८१, आइतबार

बागलुङको निसीखोलामा पहिरो : २ जनाको मृत्यु, ३ जनाको सकुशल उद्धार


बागलुङको निसीखोलामा पहिरो

बागलुङ, साउन ३१ । बागलुङ जिल्लाको निसीखोलामा पहिरोले घर पुरिदा २ जनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका-५ का हिराबहादुर विकको घर शनिबार बिहान २ बजे पहिरोले पुरिँदा २ जना बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा हिरा बहादुरका १४ वर्षीय छोरा वीरेन्द्र विक र हिरा बहादुरका नाति ६ वर्षीय प्रवेश विक रहेको जिल्ला प्रहरी कार्यालय बागलुङ स्रोतले जानकारी दिएको छ । मामाघरमा बस्न आएका प्रवेश शुक्रबार साँझ मामासँग छुट्टै कोठामा सुतेका थिए ।

पहिरोमा परी हिराबहादुरकी श्रीमती दिलसरा घाइते भएकी छिन् । उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ ल्याइएको छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय झिंवाखोलाका टोली र स्थानीयले बिहान उद्धार गरेका थिए । अन्य तीन जनाको भने सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !