१२ आश्विन २०८१, शनिबार

सिन्धुपाल्चोकको पाँचपोखरीमा पहिरो : श्रीमान्-श्रीमतीको मृत्यु, घर पुरियो


बाढीपहिरो

सिन्धुपाल्चोक, साउन १९ । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका-२ मा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ । घरमा सुतिरहेको अवस्थामा पहिरोले पुर्दा श्रीमान-श्रीमतीको मृत्यु भएको हो ।

आइतबार रातिको अविरल वर्षापछि गएको पहिरोले घर पुरिँदा वडा नम्बर २ गाङखोर निवासी ४९ वर्षीय यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती ४८ वर्षीया लक्ष्मी सिलवाल क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

उनीहरूका छोरा काठमाडौंमा, एउटा छोरी विदेशमा थिइन् भने गाउँमै भएकी छोरी हिजो राति हजुर आमासँग गएकाले पहिरोवाट बच्न सफल भएकी छिन् । गाउँपालिकाका अन्य वडाहरूमा पनि पहिरो गएको र पहिरोले धेरैका चौपाया बगाएको छ । आइतबार रातिदेखि परेको पानी सोमबार बिहानबाट रोकिएको छ ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका-११ मा पहिरोले निर्माणाधीन कभर्ड हल पुरिँदा बेपत्ता भएका ८ जनामध्ये ८ जना सवैको शव भेटिएको छ । शव भेटिएपनि पहिचान हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले बताएका छन् ।

यो पनि पढ्नुहोस्

सिन्धुपाल्चोक मेलम्ची पहिरो (अपडेट) : ८ जनाको शव भेटियाे


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !