८ असार २०८१, शनिबार

गोरखामा पहिरोले थुनिएर ताल बनेको नौली खोला बिस्तारै थाल्यो बग्न


नौली खोला

गोरखा, साउन १० । गोरखा जिल्लाको धार्चे गाउँपालिका-७ लापुको मापुडाँडास्थित पहिरोका कारण थुनिएको नौली खोलाको बहाव आज बिहान करीव १० बजेबाट खुल्न थालेको छ । गए रातीको पहिरोले लापु गाउँको मापुडाँडामा स्थानीय नौलीखोला थुनिएर ताल बनेको थियो ।

स्थानीय बासिन्दा सुशील गुरूङका अनुसार अविरल वर्षापछि गएराती करिब ११ बजे पहिरो जाँदा नौलीखोला थुनिएको थियो । भीरबाट खसेको ठूलो ढुंगा सहितको पहिरोले नौलीखोला थुनिएपछि ताल बनेको थियो । स्थानीयबासीका अनुसार नौलीखोला थुनिएर बनेको ताल एकैपटक फुट्यो भने करिब ५० घरलाई जोखिममा पार्ने अनुमान गरिएपनि खोला बग्न थालेपछि जोखिम कम भएको छ ।

नयाँ वस्ती र नौलीखोला झरना आसपासका मानिसलाई सुरक्षित स्थानमा सारी सकिएको छ । पहिरो र ताल बनेका क्षेत्रमा घनाबस्ती नभएकोले गर्दा ठुलो जोखिम हुने सम्भावना कम रहेको देखिन्छ । घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेना पठाइएको गोरखा प्रशासनले जनाएको छ ।

साथै नौलीखोला बाटो भएर बटुवालाई हिड्न रोकिएको छ । नौलीखोला बूढीगण्डकी नदीको सहायक खोला हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !