८ मंसिर २०८१, शनिबार

सिन्धुपाल्चोक फुल्पिङकट्टी पहिरो अपडेट : २ जनाको मृत्यु, ३ जना बेपत्ता


सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टी पहिरो

चौतारा, १ साउन । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं ४ फुल्पिङकट्टीमा आज बिहान २ बजे आएको पहिराबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ । अन्य तीन जना बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा ३४ वर्षीया निमास्याङ्बो शेर्पा र १६ वर्षीया आङ्जी शेर्पा छन् । बेपत्ता भएका चौरासी वर्षीया सोमसाङ शेर्पा, ४८ वर्षीया महिला र १२ वर्षीया छिरीङ शेर्पाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । मृत्यु हुनेमा स्थानीयवासी ग्याल्जेन शेर्पाका श्रीमती र छोरी हुन् । उहाँकी आमा, बहिनी र छोरी बेपत्ता भएका हुन् । ग्याल्जेन भने काठमाडाँैमा बस्दै आएकाले बाँच्न सफल भएको वडाध्यक्ष सानदोर्जे शेर्पाले बताउनुभयो ।

पहिराले एक घर र एक विद्यालयमा क्षति पुगेको, अन्य १८ घर उच्च जोखिममा रहेको तथा ६० परिवार विस्थापित भएको बताइएको छ । आज बिहान पानी परिरहेको र ठाउँठाउँका बाटो बिग्रेकाले स्थानीय नारायणस्थानमा रहेको प्रहरीचौकीबाट घटनास्थलमा तीन घण्टा पैदल यात्रापछि प्रहरी पुगेको थियो । बेपत्ताको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीद्वारा खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

सिन्धुपाल्चोक फुल्पिङ पहिरो अपडेट : बेपत्ता हुनेको पहिचान खुल्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !