१२ असार २०८१, बुधबार

दुई बिघाको गहुँमा आगजनी, लाखौँको क्षति


आगलागी

धनुषा, २८ चैत । लकडाउनको समयमा धनुषाको सवैला नगरपालिका–१ निवासी सत्यनारायण यादवको दुई बिघाको गहुँबाली अज्ञात समूहले आगजनी गरी नष्ट दिएको छ ।

आगजनीबाट करिब रु एक लाख ५० हजार बराबरको गहुबाली पूर्णरूपमा जलेको वडाध्यक्ष कपिलदेव राउतले जानकारी दिनुभयो । सबै कोरोनाको महामारी नियन्त्रण तथा रोकथाममा लागेको बेला यादवको धनुषाधाम नगरपालिका–३ सोनापुरमा रहेको खेतमा काटेर जम्मा गरी राखिएको दुई बिघाको गहुबाली जलाएर नष्ट गरिदिएको इलाका प्रहरी कार्यालय सवैलाका प्रहरी निरीक्षक चन्द्रभूषण यादवले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !