१३ बैशाख २०८१, बिहिबार

भक्तपुरको बेसीको एकघरमा आगलागी


Fire-2

काठमाडौं । भक्तपुरको एक घरमा मंगलबार आगलागी भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका-६ तेलकोट बेसीस्थित स्थानीय ९२ वर्षीया पाडासैनी तामाङको दुई तले ढुंगा माटोले बनेको घरमा आगलागी भएको प्रहरीले जानकारी दिए ।

नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयको सक्रियतामा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको छ । आगलागीबाट करिब ८ लाख ५४ हजार मूल्य बराबरको धनमानल जलेर नष्ट भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !