१३ बैशाख २०८१, बिहिबार

नुवाकोट केन्द्रबिन्दु भएर एकाबिहानै ५.३ रेक्टर स्केलको भूकम्प


भूकम्प

काठमाडौँ । आज एकाबिहानै नुवाकोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको छ । नुवाकोटको बेलकोटगडी केन्द्रबिन्दु भएर एकाबिहानै ५ बजेर २६ मिनेट जाँदा ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका बरिष्ठ भुकम्पविद् लोकविजय अधिकारीले यो भूकम्प २०७२ सालको गोरखा भूकम्पकै पराकम्प भएको नेपालपत्रलाई जानकारी दिए ।

उक्त भूकम्पको धक्का नुवाकोट, रसुवा, धादिङ र काठमाडौँ उपत्यकाभित्र महसुस गरिएको थियो । एकाबिहानै भुकम्पको धक्काल महसुस भएपछि सुतिरहेका मानिसहरु काठमाडौँ उपत्यकामा समेत घर बाहिर निस्केका थिए ।

यसअघि साउन १५ गते पनि खोटाङको साकेला गाउँपालिका केन्द्र भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !