१८ बैशाख २०८१, मंगलबार

बैतडीमा क्वारेन्टाइनमा बसेकी २२ वर्षीया युवतीको मृत्यु


मृत्यु-निधन

बैतडी, जेठ २० । बैतडी जिल्लाको पुर्चौडी नगरपालिका-४ भटनाको एउटा विद्यालयमा क्वारेन्टाइनमा बसेकी १ जना युवतीको हिजो सोमबार साँझ मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका बैतडीका अनुसार पुर्चौडी नगरपालिका–४ स्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा सोही स्थानीय तहमा घर भएकी २२ वर्षीया सुनीता लोहारको मृत्यु भएको हो ।

उनी केही दिनअघि मात्रै भारतबाट आएकी हुन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार मृतक युवतीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनस्थलतर्फ पठाइएको छ । उनको परीक्षण रिपोर्ट आएपछि मात्र शवको पोस्टमार्टम गरिने बताइएको छ ।

मृतक युवतीले दम र मुटु रोगको बिरामी रहेको प्रारम्भिक अनुसन्धानवाट जानकारी थाहा भएको छ । उनको अवस्था सोमबारसम्म सामान्य रहेपनि मंगलबार बिहानै मृत्यु भएको हो । उनी जेठ १६ गते गौरिफण्टा नाकाबाट हुँदै स्वदेश फकिएकी थिइन् । उनी जेठ १८ गतेदेखि क्वारेन्टिनमा बसिरहेकी थिइन् ।

मृतकसँगै उनका श्रीमान् र १८ महिने बच्चा पनि क्वारेन्टिनमै बसिरहेका थिए । मृतक भारतको पञ्जाबबाट मुटु रोगको उपचार गराएर फर्किएको तर आर्थिक अभावका कारण विगत १२ दिनदेखि औषधी सेवन गर्न नपाएको उनका श्रीमान हरिश लुहारले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !