१४ बैशाख २०८१, शुक्रबार

नवलपरासीमा सर्पकाे टाेकाईबाट १ जनाको मृत्यु


सर्पकाे टाेकाई

जेठ,१९ मध्यबिन्दु । नवलपरासी (बर्दघाट सुस्त पुर्व) को मध्यबिन्दु नगरपालिका ४ पनौतीमा सर्पको टोकाईबाट एक ७० बर्षिया बृद्धा बनिया कुमारी महतोको मृत्यु भएको पत्रकार प्रिय धनले जानकारी दिएका छन् । शनिबार बिहान ९ बजे घरनजिकै घाँस काट्ने क्रममा सर्पले टोकेपछि अस्पताल पुर्याउन ढिलाई भएपछि मृत्यु भएको हो ।

मृतककी बुहारी शान्ति महतोका अनुसार सवा ९ बजे सर्पले टोकेपनि बृद्धालाई सर्पले नै टोकेको भन्ने थाहा नभएको र कुनै बिच्छी वा अन्य किराले टोकेको भनेपछि केहिबेरमा नजिकैको मेडिकलमा लगिएको थियो । मेडिकलले सर्पले टोकेको भनेपछि पुनः घर फर्काएर मध्यबिन्दु जिल्ला अस्पताल पुर्याइएको थियो ।

जिल्ला अस्पतालमा सर्पको टाकाईको उपचार नहुने भएपछि भरतपुर अस्पताल पुर्याइएको मृतकको बुहारी शान्तिले जानकारी दिइन् । उनका अनुसार आइतबार साँझसम्म बृद्धाको होस भएता पनि बिष पुर्णरुपमा फैलिएकाले बचाउन नसकिएको अस्पतालले जानकारी दिएको बताउँछिन् । मृतक बृद्धाको अन्त्येष्टि भइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !