८ मंसिर २०८१, शनिबार

डडेलधुराको क्वारेन्टाइनमा बसेका ६ वर्षीय बालकको मृत्यु


मृत्यु-निधन

डडेलधुरा, जेठ १८ । डडेल्धुरा जिल्लामा क्वारेन्टाइनमा बसेका १ जना बालकको मृत्यु भएको छ। नवदुर्गा गाउँपालिका-३ का ६ वर्षीय बालकको आइतबार राति १२ बजे मृत्यु भएको डडेल्धुराका प्रहरी कार्यालयले जानकारी दिएको छ । जिल्ला सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा ती बालकको मृत्यु भएको हो ।

उनी आमाबाबुसँगै भारतको मुम्बइबाट गौरीफण्टा नाका भएर आइतबार राति मात्रै डडेल्धुरा पुगेका थिए । बालकको अस्पताल पुर्‍याउनुभन्दा अघि नै मृत्यु भएको थियो । ती बालकलाई बिहान ३ बजे अस्पताल पुर्‍याइएको थियो । ती बालक मलेरिया रोगबाट ग्रसित रहेको बुझिएको छ । उनको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ । उनको आइतबार नै कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !