१३ बैशाख २०८१, बिहिबार

पौडी खेल्ने क्रममा डुबेर १२ बर्षीय बालकको मृत्यु


मृत्यु

ईलाम, जेठ १३ । ईलामको माङसेबुङ गाउँपालिका-१ बस्ने कविराज बस्नेतको १२ बर्षीय छोरा सुवी बस्नेतको देउमाई खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

सोमवार दिउँसो १२ बजेको समयमा स्थानीय देउमाई खोलामा पौडी खेल्ने क्रममा अचानक डुबेर घाईते भएका बालकलाई उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल ईलाम पठाईएकोमा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय मंगलवारेले जनाएको छ । घटना सम्बन्धमा अन्य थप अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !