६ जेष्ठ २०८१, आइतबार

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु


मृत्यु

भक्तपुर, १२ वैशाख । अरनिको राजमार्गखण्ड अन्तर्गत मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा ३९ प ५७४१ नंको मोटरसाइकल बुधबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते मध्यपुर नगरपालिका–५ का ३५ वर्षीय अजय श्रेष्ठको उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो । पानी परेर चिप्लो सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेकोे छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !