२ जेष्ठ २०८१, बुधबार

दुर्घटनामा १ जना युवकको मृत्यु


मृत्यु

खस्यौली, ५ वैशाख । पूर्वपश्चिम राजमार्गको सैनामैना नगरपालिका सडक खण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा १ जना युवकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ३० प ३८०४ नंको मोटरसाइकल वडा नं ८ स्थित बाँसगढीमा भएको दुर्घटनामा सैनामैना-४ मुर्गिया निवासी २७ वर्षीय सागर थापा मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक कमल परियारले जानकारी दिनुभयो ।

मोटरसाइकल नियन्त्रण हुन नसक्दा दुर्घटनामा परी गम्भीर घाइते भएका थापाको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !