७ मंसिर २०८१, शुक्रबार

दुई बालबालिकाको मृत्यु


child-death

झिमरुक, ३० चैत । प्युठानमा एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ । सरुमारानी गाउँपालिका वडा नम्बर १ बाङ्गेसाल रावल टोलमा आज अपराह्न घरमा मृतावस्थामा उनीहरु फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक पोषण ढकालले बताउनुभयो ।

मङ्गले धामीका दुई वर्षीय छोरा गौरव र पाँच वर्षीया छोरी सिर्जना एकसाथ घरमै रहस्यमय रुपमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सर्पको टोकाइ वा विष सेवनबाट घटना भएको हुन सक्ने स्थानीयवासीको भनाइ छ । दुवै शव परीक्षणका लागि प्युठान अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !