२ जेष्ठ २०८१, बुधबार

नदीमा हाम फालेर मृत्यु


मृत्यु

पोखरा, २९ चैत । गण्डकी प्रदेशमा नदीमा हामफालेर एकको मृत्यु र एक डुबेर बेपत्ता भएका छन् । मृत्यु हुनेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका घर भई पर्वतको जलजला गाउँपालिका-३ बारीबेनीमा बस्दै आउनुभएका ३५ वर्षीया देवकी थापा मगर छन् ।

पर्वत जिल्लास्थित बारीबेनी दोभानबाट कालीगण्डकी नदीमा हामफालेर मगरको मृत्यु भएको छ । उहाँको शव १५० मिटर तल लामाखेतस्थित नदी किनारमा भेटिएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

त्यसैगरी पोखरा महानगरपालिका–१ बगरस्थित सेतीनदीमा माछा मार्ने र पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन् । पोखरा–१६ दीप बस्ने करिब २४ वर्षीय अमृत मगर डुबेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो । त्यस्तै पोखरा –५ मालेपाटन गोलचौतारास्थित पानीको नहरमा नवजात शिशु मृतावस्थामा फेला परेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !