४ आश्विन २०८१, शुक्रबार

अत्यधिक रक्तश्राव हुँदा गर्भवतीको मृत्यु


निधन

अर्घाखाँची, २४ चैत । सन्धिखर्क नगरपालिका वडा नं ९ पाथ्रावाङ्गकी गर्भवती देवी विकको अत्याधिक रक्तश्राव हुँदा अकालमा मृत्यु भएको छ ।

एक्कासी रक्तश्राव भएपछि उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लैजादै गर्दा बाटोमा नै २९ वर्षीय उहाँकोे आइबार साँझ मृत्यु भएको स्थानीय वसन्तकुमार विकले जानकारी दिनुभयो ।

उहाँका तीन छोरी रहेका छन् । हाल उहाँको पति रोजगारीका लागि हाल भारतमा रहेका छन् । उहाँकी कान्छी छोरी १८ महिनाकी भएकी छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !